कारागार व्यवस्थापन नहुँदा कैदीबन्दीलाई सास्ती
जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भई कैदीबन्दीहरुले सास्ती खेप्नु परेको छ ।
‘ङ’ श्रेणीको जिल्ला कारागार, कञ्चनपुरमा २० महिला सहित ९५ जनाको क्षमता रहको भए पनि हाल १९ जना महिला सहित ४ सय ३६ जना रहेका छन् ।
जिल्ला कारागार, कञ्चनपुरका चौकीदार प्रकाश मल्लले क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राखिएकै कारण शौचालय जानका लागि पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘४ सय ३६ जना कैदीबन्दी छन् । तर, पुरुषको लागि १२ र महिलाको लागि दुई ओटा मात्रै शौचालयको व्यवस्था गरिएको छ । शौचालय जानकै लागि घण्टौँ पालो कुरेर बस्नु पर्ने बाध्यता छ ।’
कारागारका नाईके सञ्जय थापाले क्षमता भन्दा बढि कैदीबन्दी राखिएका कारण सुत्न, खान, कपडा धुन, नुहाउन, शौचालय जान तथा खानेपानीलगायतका अत्यावश्यक सेवाबाट वञ्चित हुनु परेको गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘कोठामा कोचिएर बस्न समेत पाइएको छैन् । सुत्नका लागि पालो कुरेर बस्नु पर्ने अवस्था छ । लामखुट्टेको टोकाई पनि उतिकै छ । फोहर धेरै हुन्छ । कारागार भित्र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना हुन सकेको छैन् । ज्यान जोखिममा राखेर बस्नु पर्ने बाध्यता छ ।’
सरकारले कारागार सुधारमा ध्यान नदिएका कारण आफूहरुले सास्ती खोप्नु परेको कैदी टेकराज जोशीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘समयमै खाना खान पाइएको छैन् । खाना खाने, सुत्ने र शौचालय जाने समयमा घण्टौँसम्म पालो कुर्नु पर्ने बाध्यता छ । कारागार जीर्ण अवस्थामा रहेका कारण पानी परेको समयमा चुहिएर बस्न सकिदैन् । कारागार परिसर भित्रै पालमा समेत कोचिएर बस्नु पर्ने स्थिति छ । कारागार भित्र खेलकुदका सामाग्री भए पनि खेल्ने ठाँउ छैन् । मनोरञ्जनका साधानहरु र पुस्तकहरु समेत छैनन् ।’
सरकारले कारागारलाई सुधार गृहका रुपमा परिभाषित गरेको भए पनि त्यस अनुसारका कार्यक्रम तथा व्यवस्थापन नगरि दिएका कारण कैदीबन्दीहरुले नरकिय जिवन बिताउन पर्ने बाध्यता भएको सिनेयर अहेब भानदेव जोशीले बताउनु भयो ।
२०२३ सालमा स्थापना भएको कारागार अहिले जीर्ण अवस्थामा रहेको र दिनदिनै थपिरहने कैदीहरुको चापले खान, बस्न, शौचालय प्रयोग गर्न कैदीबन्दीहरुलाई धेरै समस्या भइरहेको कारागार प्रमुख माया बस्नेतले बताउनु भयो ।
कैदीबन्दीहरुको नियमित स्वास्थ्य जाँचका लागि एक जना सिनियर अहेबको दरबन्दी रहेको, सामान्य स्वास्थ्य चेकजाँच कारागारमै हुने गरेको र जटिल प्रकारका बिरामीहरुलाई जिल्ला अस्पताल तथा काठमाडौँ पनि पठाउने गरेको कारागारका प्रमुख बस्नेतले जानकारी दिनु भयो ।
जिल्ला कारागार, कञ्चनपुरका प्रमुख बस्नेतले हाल कारागारमा ४ सय ३६ जना कैदीबन्दीहरुलाई राख्नु पर्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको, कोठाको अभाव हुँदा एउटा सानो कोठामा १५ देखि २० जना र ठुलो कोठामा ४० देखि ५० जना कैदीबन्दीहरुलाईसँगै राख्नु परेको र समस्या समाधानका लाग नयाँ भवन निर्माण गर्न सम्बन्धीत निकायहरु लिखित रुपमै जानकारी गराइएको भए पनि सम्बोधन हुन नसकेको बताउनु भयो ।
लिली कुँवार
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…