कारागार व्यवस्थापन नहुँदा कैदीबन्दीलाई सास्ती
जिल्ला कारागार,डोटीको व्यवस्थापन हुन नसक्दा आफूहरुले समस्या भोग्नु परेको कैदीबन्दीहरुले गुनासो गर्नुभएको छ ।
२५ जनाको क्षमता भएको जिल्ला कारागार, डोटीमा एक जना महिला सहित ५५ जना कैदीबन्दीलाई राखिएको र कारागार जिर्ण अवस्थामा रहेकाले सुरक्षाका दृष्टिकोणबाट पनि जोखिम रहेको ६० वर्षिय कैदी खडक कामीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘भवनको छानोमा राणाकालमा लगाइएका स्लेट खिइएर झर्न थालेका छन् । सामान्य हाँवाहुरी चल्दा समेत सिलेट खस्ने डरले दिउसोको समयमा ज्यान बचाउनका लागि चौरमा बस्ने गरेका छौँ । रातिको समयमा बाध्य भएर ज्यान जोखिममा राखेर कोठा भित्र बस्नु पर्ने बाध्यता छ । कैदीबन्दीहरुका लागि कुनै प्रकारको तालिमको समेत व्यवस्था गरिएको छैन् ।’
कैदीबन्दीहरुलाई शुद्ध पिउने पानीको समेत समस्या हुनेगरेको र वर्षाको समयमा धमिलो पानी पिउनु पर्ने बाध्यता रहेको कैदी कमला सार्कीले दुखेसो पोख्नु भयो ।
क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएकोले रातिको समयमा सुत्न र शौचालय प्रयोग गर्नका लागि पालोकुर्नु पर्ने बाध्यता रहेको कैदी सार्कीको भनाइ छ ।
क्षमता भन्दा दोब्बर कैदीबन्दी राख्नु परेकोले कैदीबन्दीलाई सुन्त, शौचालय प्रयोग गर्न र स्वास्थ्य चेकजाँचमा पनि सहजता नभएको जिल्ला कारागार, डोटीका सूचना अधिकारी प्रदिप ओझाले बताउनु भयो ।
गतवर्ष कारागार मर्मतका लागि शहरी सघन कार्यालयले ३ लाख रुपियाँ कारागार मर्मतसम्भारका लागि बजेट विनियोजन गरेको भए पनि उक्त रकम अपुग भएकोले कारागार मर्मत गर्न नसकिएको सूचना अधिकारी ओझाले बताउनु भयो ।
प्रेमबहादुर भण्डारी
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…