कारागार व्यवस्थापनको अभावमा कैदीबन्दीलाई सास्ती
जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भई कैदीबन्दीहरुले सास्ती खेप्नु परेको छ ।
‘ङ’ श्रेणीको जिल्ला कारागार, कञ्चनपुरमा २० महिला सहित ९५ जनाको क्षमता रहको भए पनि हाल २० जना महिला सहित ५ सय १४ जना कैदीबन्दी राखिएको छ ।
क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राखिएकै कारण शौचालय जान तथा नुहाउनका लागि पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको जिल्ला कारागार, कञ्चनपुरका चौकीदार प्रकाश मल्लले गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो– ‘क्षमता भन्दा पाँच गुण बढि कैदीबन्दी राखिएको छ । तर, पुरुषको लागि १२ र महिलाको लागि दुई ओटा मात्रै शौचालयको व्यवस्था गरिएको छ । शौचालय जानकै लागि घण्टौँ पालो कुरेर बस्नु पर्ने बाध्यता छ ।’
कारागारका नाईके सञ्जय थापाले क्षमता भन्दा बढि कैदीबन्दी राखिएका कारण सुत्न, खान, कपडा धुन, नुहाउन, शौचालय जान तथा खानेपानीलगायतका अत्यावश्यक सेवाबाट वञ्चित हुनु परेको गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो– ‘कोठामा कोचिएर बस्न समेत पाइएको छैन् । सुत्नका लागि पालो कुरेर बस्नु पर्ने अवस्था छ । लामखुट्टेको टोकाई पनि उत्तिकै छ । क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राखिएकै कारण समान्य औषधी उपचार पाउन सकिएको छैन् । स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुन सकेको छैन् । ज्यान जोखिममा राखेर बस्नु पर्ने बाध्यता छ ।’
सरकारले कारागार सुधारमा ध्यान नदिएका कारण आफूहरुले सास्ती खोप्नु परेको कैदी टेकराज जोशीले गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो– ‘समयमै खाना खान पाइएको छैन् । खाना खाने, सुत्ने र शौचालय जाने समयमा घण्टौँसम्म पालो कुर्नु पर्ने बाध्यता छ । कारागार जीर्ण अवस्थामा रहेका कारण पानी परेको समयमा चुहिएर बस्न सकिदैन् । कारागार परिसर भित्रै पालमा समेत कोचिएर बस्नु पर्ने बाध्यता छ । खेलकुदका सामाग्री भए पनि खेल्ने ठाँउ छैन् । मनोरञ्जनका साधनहरु र पुस्तकहरु समेत छैनन् ।’
सरकारले कारागारलाई सुधार गृहका रुपमा परिभाषित गरेको भए पनि त्यस अनुसारका कार्यक्रम तथा व्यवस्थापन नगरिदिएका कारण कैदीबन्दीहरुले नरकीय जिवन बिताउन पर्ने बाध्यता सृजना भएको सिनेयर अहेब भानदेव जोशीले बताउनु भयो ।
२०२३ सालमा स्थापना भएको जिल्ला कारागार, कञ्चनपुर जीर्ण अवस्थामा रहेको र दिनदिनै थपिरहने कैदीबन्दीहरुको चापले खान, बस्न, शौचालय प्रयोग गर्न कैदीबन्दीहरुलाई समस्या भइरहेको कारागार प्रमुख माया बस्नेतले बताउनु भयो ।
क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको, कोठाको अभाव हुँदा एउटा सानो कोठामा १५ जनादेखि २० जना र ठुलो कोठामा ४० जनादेखि ५० जना कैदीबन्दीहरुलाईसँगै राख्नु पर्ने बाध्यताले कैदीबन्दी आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको उहाँको भनाइ छ ।
समस्या समाधानका लागि नयाँ भवन निर्माण गर्न सम्बन्धित निकायहरुलाई लिखित रुपमै जानकारी गराइएको भए पनि सम्बोधन हुन नसकेको कारागार प्रमुख बस्नेतले बताउनु भयो ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…