कारागार भवन नहुँदा कैदीबन्दी हिरासत कक्षमा बस्न बाध्य
जिल्लामा कारागार भवन नहुँदा हुम्लाका कैदीबन्दी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा कोचाकोच गरि बस्न बाध्य भएका छन् । कारागार भवन नभएको कारण ०७९ वैशाखदेखि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा विभिन्न घटनाका आरोपित कैदीबन्दी बस्ने गरेका छन् ।
कैदीबन्दीहरू प्रहरीको हिरासतमा कोचाकोच गरेर बस्न बाध्य भएको पूर्पक्षमा रहेका थुनुवा जयराज शाहीले गुनासो गर्नु भएको छ । थुनुवा शाहीका अनुसार जिल्लामा कारागार भवन नहुँदा अहिले २२ जना कैदीबन्दी प्रहरीको हिरासत कक्षमा रहेका छन् । हिरासत कक्षमा २२ जना बस्दा सहज रुपमा बस्न र सुत्नका लागि समस्या भएको शाहीले गुनासो गर्नु भएको छ । उहाँले भन्नु भयो “पुरुषका लागि एउटा सानो कोठा रहेको र त्यसमा मिलेर बस्नु पर्दा स्वास्थ्यमा निकै समस्या हुने गरेको छ ।”
हाल जिल्ला प्रहरी कार्यालय, हुम्लाको प्रहरी हिरासतमा २२ जना मध्ये एक जना महिला र अन्य २१ जना पुरुषहरू पूर्पक्षमा रहेका छन् । प्रहरीको हिरासतमा राखिएका थुनुवालाई कारागारले समयमा हेरचाह नगरेको बन्दीहरुले गुनासो गरेका छन् ।
अर्को कोठामा बस्दै आएका घटनाका आरोपित अजय शाहीले घटनामा आरोपित भएर सुधारका लागि कारागार वा जेलमा बस्नुपर्ने कैदीबन्दीले उल्टै समस्या भोग्नुु परिरहेको बताउनु भएको छ । कोचाकोच भएर एउटा कोठामा बस्नुपर्दा डिप्रेशनको समस्या समेत हुने गरेको छ ।
कारागारको भवन निर्माणका लागि ०७९ साउनमा १ करोड रुपियाँ बजेट कारागार व्यवस्थापन विभागले छुट्याएको भएपनि त्यो रकम अपुग हुने भएको जिल्ला कारागार हुम्लाका निमित्त जेलर डवल रावतले बताउनु भयो । उहाँले मुद्दाको छिनोफानो समयमै नभएकाले कोचाकोच गरेर बस्नुपर्ने बाध्यता रहेको बताउनु भएको छ ।
प्रहरी कार्यालयसँगैको हिरासतको लागि व्यवस्था गरिएका तीनै कोठामा कैदीबन्दी राख्नुुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर गिताराम चौधरीले बताउनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…