कारागार जिर्ण भएपछि कैदीबन्दी व्यवस्थापनमा समस्या
२०४२ सालमा निर्माण भएको पर्वत जिल्ला कारागार जिर्ण हुँदा कैदीबन्दी व्यवस्थापनमा समस्या भएको छ । करिव ३५ वर्ष अघि निर्माण भएको सो कारागारमा अहिले निरन्तरको वर्षासँगै पर्खालहरू भत्किन थालेपछि समस्या उब्जिएको हो ।
महिला कैदीबन्दीहरू राखिएको भाग तर्फको करिव २० मिटर मुख्य सुरक्षा पर्खाल साउन ६ गते भत्किएपछि अहिले कारागार प्रशासनलाई व्यवस्थापनमा समस्याको परेको त छ नै त्यसमा पनि कैदी बन्दीहरू ढुक्कसाथ बस्न सक्ने अवस्था रहेको छैन ।
क्षमता भन्दा करिब चार गुणा कैदीबन्दी रहेको पर्वत कारागारको जिर्णोद्धारका लागि स्थानीय प्रशासनले चासो देखाएपनि सम्बन्धित निकायबाट त्यसतर्फ ध्यान नजाँदा समस्या जटिल बन्दै गएको छ ।
गत साउनमा मुख्य पर्खाल भत्किएको भएपनि करिब डेढ महिनासम्म कारागार प्रशासनले उक्त पर्खाल मर्मत गर्न सकेको छैन । ‘फलामको काँडे तार लगाएर काम चलाइएको छ’ –कारागार पर्वतका निमित्त जेलर हरिकृष्ण शर्माले भन्नुभयो– ‘विभागमा सिफारिस गरिएको छ तर मर्मतका लागि बजेट आएको छैन ।’ तत्कालै जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारीको रोहबरमा छलफलनै गरेर विभागमा जिर्णोद्धारका लागि माग गरिएपनि ठोस निर्णय केही नभएको शर्माले बताउनुभयो ।
२५ जना कैदीबन्दी राख्ने गरी निर्माण भएको ‘ङ’ वर्गको पर्वत जिल्ला कारागारमा अहिले ९२ जना कैदीबन्दी रहँदै आएका छन् । कैदीबन्दीहरू थपिँदै जाँदा समस्या भएको र त्यसमा पनि पुरानो संरचना जिर्णोद्धार गर्न नसक्दा झनै समस्या भएको शर्माले बताउनुभयो ।
पर्खाल र भित्र आवास भवन समेत जिर्ण भएका कारण कारागार भित्र समेत सुरक्षित रूपमा हिँड्डुल गर्न र बस्न नपाइएको कारागारमा पुर्पक्षका लागि रहनुभएका मनोज विकले गुनासो गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले कारागारको पुरानो संरचनालाई हटाएर नयाँ र आधुनिक संरचना निर्माण गर्नका लागि कारागार केन्द्रीय विभाग, शहरी तथा भवन निर्माण विभाग लगायतका सम्बन्धित निकायमा सिफारिस गरिएको बताउनुभयो ।
उहाँले तत्कालै समस्याको समाधान हुने नदेखिएको र तत्कालका लागि सुरक्षा पर्खालको मर्मत गर्नुपर्ने देखिएकोले सोही अनुरूप विभागमा थप पत्राचार गरिएको बताउनुभयो ।
मुख्य सुरक्षा पर्खाल नै भत्किएपछि कारागार सुरक्षाका लागि खटिएका प्रहरी सुरक्षाकर्मीहरू समेत पर्खालमा हिँड्न नमिल्ने अवस्था रहेको छ । पर्खालमा वरिपरि हिँडे्र कारागार र कैदी बन्दीको सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरू अहिले निश्चित स्थानमा बसेर सुरक्षा गर्न बाध्य रहेका छन् ।
पर्वत कारागारमा यस अघि महिला कैदीबन्दी राखिदै आएपनि पर्खाल भत्किएकै कारण कारागारमा रहेका सात जना महिला कैदी बन्दीलाई बागलुङ र म्याग्दीका कारागारमा स्थानान्तरण गरिएको छ ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…