कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या
जिल्ला कारागार गोरखामा दरवन्दी अनुसार स्वास्थ्यकर्मी नहुदा कैदीबन्दी समस्यामा परेका छन् ।
गोरखा कारागारमा एक जना अहेवको दरबन्दी रहे पनि झण्डै दुई वर्ष यता दरबन्दी अनुसारको स्वास्थ्यकर्मी छैनन् । कारागारमा कार्यरत निमित्त अहेव मोतीलाल विश्वकर्माको ०७८ साउनमा काठमाण्डौँ सरुवा भएयता नयाँ अहेव आएका छैनन् ।
कारागारमा स्वास्थ्यकर्मी नहुँदा सामान्य स्वास्थ्य समस्याका लागि पनि कैदीबन्दीलाई गोरखा अस्पताल लैजानुपर्ने बाध्यता रहेको चौकिदार रमेश वयलकोटीले बताउनुभयो । ‘कारागारमै स्वास्थ्यकर्मी हुदा सामान्य स्वास्थ्य समस्या आएपनि देखाउथ्यौ, निकै सजिलो थियो,’–उहाँले भन्नुभयो,‘अहिले केहि भयो कि गोरखा अस्पताल लैजानुपर्छ ।’ प्रेसर, घुडाको समस्याका दिर्घरोगी पनि कारागारमा छन् ।
कारागारको पुरुष कक्षमा ८९ र महिला कक्षमा नौ जना कैदीबन्दी रहेकोमा ६० वर्ष नाघेका कैदीबन्दी सात जना रहेको वयलकाेटीले बताउनुभयो ।
‘स्वास्थ्यकर्मी भइदिए सजिलो हुन्थ्यो, ज्येष्ठ नागरिक पनि हुनुहुन्छ, उहाँहरुलाई हिडाएर अस्पताल सम्म लैजानुपर्थेन, यहि देखाउन पाउथ्यौ’ उहाले भन्नुभयो,‘कहिले काहि त दिनमै तिन ÷ चार जना सम्म विरामी पर्नुहुन्छ, उहाहरुलाई पटक÷पटक लिएर अस्पताल जानुपर्छ ।’
गोरखा अस्पतालका जेलर गणेश भट्टराई पनि स्वास्थ्यकर्मी नहुँदा समस्या परेको बताउनुहुन्छ । ‘दरबन्दीको स्वास्थ्यकर्मी पठाउनका लागि पटक÷पटक अनुरोध गरेका छौँ,’ उहाँले भन्नुभयो,‘अहिले लोकसेवाबाट माग भएको छ, छनौट भएपछि प्रदेशले पठाउने कुरो भएको छ ।’ स्वास्थ्यकर्मी नहुँदा सामान्य स्वास्थ्य समस्याका लागि अस्पताल लैजानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । ‘दरबन्दी अनुसारको स्वास्थ्यकर्मी भएको भए दुख हुन्थेन, उपचार पनि सहज हुन्थ्थ्यो, डेड दुइ वर्ष भयो समस्या थपिएको छ,’ उहाले बताउनुभयो ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…