कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् ।
कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी नभएको कारण सामान्य बिरामी भएका कैदी बन्दीलाई पनि जिल्ला अस्पताल लैजानु पर्छ । कारगारमै अहेब हुँदा सामान्य बिरामीको कारागारमै उपचार हुने गरेको योगीले भन्नुभयो ।
सामान्य बिरामी हुँदा पनि स्वास्थ्यकर्मीको अभावमा कैदीबन्दीहरूलाई औषधि चलाउन समस्या हुने गरेको प्रमुख योगीले बताउनुभयो ।
बिरामीको प्रकृति अनुसार कुन औषधि कति मात्रा खाने तथा बिरामीलाई आवश्यक स्वास्थ्य परामर्श दिनु पर्ने कार्य स्वास्थ्यकर्मीले नै दिनु पर्दछ । तर, कर्मचारी नहुँदा समस्या भएको योगीले भन्नुभयो ।
जिल्ला कागारमा हाल नौ जना मानसिक रोगका बिरामी रहेका छन् । नौ जना नियमित औषधि सेवन गर्नु पर्ने र १५ जना दीर्घरोगीहरू रहेका छन् ।
कारागारमा १७ जना महिलासहित १ सय ६९ जना कैदीबन्दी रहेका छन् । ६० वर्ष माथिका ६ जना कैदी रहेका छन् । दरबन्दी अनुसारको स्वास्थ्यकर्मी पठाउन सम्बन्धित निकायमा ताकेता गरिरहेको कारागार प्रमुख योगीले बताउनुभयो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…