कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी/बन्दीलाई उपचारमा समस्या
अर्घाखाँची कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी/बन्दीलाई उपचारमा समस्या पर्ने गरेको छ । स्वास्थ्यकर्मी नभएका कारणले समान्य स्वास्थ्य परीक्षण र औषधिका लागि समेत जिल्ला अस्पताल पुग्नु पर्ने अवस्था रहेको छ ।
कारागारमा १५ जना महिला र २५ जना पुरुष गरी ४० जनाको क्षमता भएपनि कारागारमा ७२ कैदी/बन्दी रहेका छन् । जसमा महिला आठ र पुरुष ६४ जना रहेका छन् ।
कारागारमा जटिल मानसिक रोगी तीन जना डिप्रेशनको औषधि खाने कैदी/बन्दीहरू र सामान्य मानसिक रोगी १४ जना डिप्रेशनको औषधि खाने गरी १७ जना रहेका छन् । यसैगरी दुई जना पुरुष र एक जना महिला गरी तीन जना ज्येष्ठ नागरिक रहेका छन् ।
कारागारमा दीर्घरोगी १४ जना छन् । मुद्दाको छिनोफानो समयमै नहुँदा तीन जना कारागारमा बस्न बाध्य भएका जिल्ला कारागार शाखा प्रमुख रचना बुढाथोकीले बताउनु भयो ।
प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा कारागारमा रहेकाहरू मध्ये नागरिकता तथा मतदाता परिचय पत्र भएका २८ जनाले मतदान गरेको रचना बुढाथोकीले बताउनु भयो ।
क्षमता भन्दा बढी कैदी/बन्दी भएका कारण सुत्न र बस्न समस्या भएको छ भने नयाँ बन्दै गरेका भवन निर्माण भए सहज हुने बुढाथोकीले बताउनु भयो ।
कूलबहादुर नेपाली
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…