कारागारमा स्वास्थ्यकर्मी नहुँदा विरामीलाई उपचारमा समस्या
जिल्ला कारागार दार्चुलामा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । विगत २ वर्षदेखि कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीको उपचारमा समस्या भएको जिल्ला कारागारले जनायो ।
कारागारका कैदीबन्दीको उपचारको लागि सरकारले सिनियर अहेवको दरबन्दी दिएपनि कर्मचारी नपठाउँदा उपचारमा समस्या हुने गरेको सूचना अधिकारी विजयकुमार ठाकुरले बताए । जिल्ला कारागार दार्चुलामा ०७३ चैतबाट स्वास्थ्यकर्मी छैनन् । स्वास्थ्यकर्मी नहुँदा सामान्य बिरामीको चेक गर्न जिल्ला अस्पताल लिनुपर्ने बाध्यता रहेको कारागारले जनाएको छ ।
कारागारबाट कैदीबन्दीलाई हत्कडी लगाएर हिँडाएरै अस्पतालसम्म पुर्याउन निकै जोखिम छ । मानव अधिकारको दृष्टिकोणले समेत कैदी बन्दीलाई हत्कडी लगाएर जनमानसमा लैजानु उपयुक्त नभएपनि स्वास्थ्यकर्मी नपठाउँदा समस्या भएको छ ।
यसैबिच व्यास गाउँपालिका-५ घर भएका कैदी हरकसिंह धामीलाई उपचारको लागि धनगढी रिफर गरिएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी कारागार रिफर गरिएको हो ।
केही दिनदेखि बिरामी भएका कैदीको चेकजाँच जेठ २४ गते जिल्ला अस्पताल दार्चुलामा गराइएको थियो । जिल्ला अस्पतालमा धामीको रोग पत्ता नलागेपछि थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला कारागार दार्चुलाका सूचना अधिकारी ठाकुरले बताए ।
उनलाई कारागार धनगढी सरूवा गरेर उपचार गराउन लागिएको हो । हाल जिल्ला कारगारमा ३१ जना कैदी तथा नौ जना बन्दी र १ जना नाबालक रहेका छन् ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…