कारागारमा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न इन्सेकको माग
जिल्ला कारागार पर्वतमा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले माग गरेको छ ।
पर्वतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई इन्सेक पर्वत प्रतिनिधि सन्तोष थापाले चैत ३० गते ध्यानाकर्षण पत्र बुझाउदै कारागारमा स्वास्थकर्मी व्यवस्थापन गर्न अनुरोध गर्नुभएको हो ।
पर्वत कारागारमा स्वास्थ्य समूह चौथो तह अहेबको दरबन्दी रहेपनि २०७६ असोज देखि कुनै पनि स्वास्थ्यकर्मी हाजिर भएका छैनन् ।
२५ जनाको क्षमता भएको जिल्ला कारागार पर्वतमा ९० भन्दा बढी कैदी र थुनुवा रहेका छन् ।
कारागारमा स्वास्थ्यकर्मी नहँदा सामान्य बिरामीले समयमा उपचार पाउन सकेका छैनन् भने दिर्घ रोगी र जटिल प्रकृतिका बिरामीलाई नियमित स्वास्थ्य परीक्षणमा समस्या भएको छ ।
कारागारका चौकीदार लिलप्रसाद पौडेलले समयमा उपचार नपाउँदा समस्या परेको गुनासो गर्नुभयो ।
प्रमख जिल्ला अधिकारी सापकोटाले सम्बन्धित निकायमा तत्काल खबर गरेर स्वास्थ्यकर्मी व्यवस्थापनमा पहल गर्ने आश्वासन दिनुभयो ।
पर्वत कारागारका जेलर शिला श्रेष्ठले स्वास्थ्यकर्मीको समस्याका बारेमा बिभागमा जानकारी गराइएको बताउनुभयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ माहानगरपालिका १४ कलङ्कीका २६ वर्षीय सुलभ क्षेत्री र सो घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका १८ वर्षीय प्रिन्स थपलिया र १९ वर्षीय रुस…
कथित बोक्सीको आरोपमा महिलामाथि कुटपिट
धर्मदेवी गाउँपालिका–२ तामाफोकी ३४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ । कथित बोक्सी भन्दै महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले धर्मदेवी गाउँपालिका–२ का ३७ वर्षीय…
बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चक्रघटा गाउँपालिका–६ का ३२ वर्षीय विनोद मुखियालाई जिल्ला अदालत सर्लाहीले असार २० गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश टेकनाथ गौतमको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २१ गते)
असार २१ गते ७३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान इन्सेकको सहयोग
१७ वर्षीया एक बालिकालाई सामुहिक बलात्कार भएको घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान असार २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण…