कारागारमा समस्यै समस्या भएको कैदीबन्दीको गुनासो
महान्यायधिवक्ताको कार्यालयको एक टोलीले मङ्सिर २ र ३ गते रुकुम कारागारको मानव अधिकार तथा अन्य भौतिक पुर्वाधारको अवस्थाबारे अनुगमन गरेको छ ।
जिल्ला स्थित सरोकारवाला निकायको सहभागितामा महान्यायधिवक्ताको कार्यालयबाट आएका सह महान्यायधिवक्ता खेमराज ज्ञवाली नेतृत्वको टालीले जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालय रुकुमको हिरासत निरीक्षण गरेको हो ।
मुद्दा अनुसन्धानको क्रममा प्रहरीले हिसातमा यातना दिने, कुटेर दोषी प्रमाणित गर्ने, आवश्यकता भन्दा बढि थुनुवा एकै कोठामा राख्ने, पिउने पानी र शौचालयको अभाव भएकोलगायतका गुनासो आएको ज्ञवालीले जानकारी दिए ।
२५ जना क्षमता रहेको रुकुम कारागारमा हाल ६० जना पुरूष, सात जना महिला गरी ६७ जना कैदीबन्दी र दुई जना नाबालकसमेत ६९ जना रहेको कारागार शाखाले जनाएको छ ।
क्षमता भन्दा बढी कैदीबन्दी राख्दा आफूहरूको मानव अधिकार उल्लङ्घन गरेको भन्दै तत्काल यसमा सुधारको लागि पहल गरिदिन सुरज परियारले टोलीसमक्ष अनुरोध गरे ।
आदर्श केसी
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…