कारागारमा शाैचालय अभाव हुँदा पालो पर्खेर शौचालय जानु पर्ने बाध्यता
२५ जना पुरुष र १५ जना महिला सहित ४० जना क्षमता भएको जिल्ला कारागार, दार्चुलामा पुरुष कक्षतर्फ झण्डै तीन गुणा बढी पुरुष कैदीबन्दी हुँदा कैदीबन्दीहरुलाई शौचालय प्रयोग गर्न नै समस्या भोग्नुपरेको छ । शौचालयका सेफ्टी टङ्याकी भरिएपछि कैदीबन्दीको लागि शौचालय जान समस्या भएको हो ।
कारागारमा अहिले ५८ जना कैदी र १५ जना थुुनुवा गरी ७३ जना कैदीबन्दी रहेको जिल्ला कारागारका जेलर केशवराज अवस्थीले जानकारी दिनु भयो । कैदीबन्दीको लागि ६ ओटा शौचालय भए पनि अधिकांशमा सेफ्टी टङ्यांकी भरिएपछि समस्या भएको छ ।
जेलर अवस्थीका अनुसार शौचालयको सेफ्टी टङ्याकी सफा गर्ने मेसिन जिल्लामा छैन् । विगतमा महाकाली नगरपालिकाको मेसिनले सफाई गर्ने गरिएकोमा अहिले त्यो बिग्रिएपछि समस्या भएको उहाँले बताउनु भयो ।
कारागारका चौकीदार पुष्करसिह कार्कीका अनुसार अहिले शौचालय जान पालो पर्खिनु पर्ने बाध्यता छ । खानेपानी अभाव भएको बेला दमकलमार्फत पनि पानीको समस्या समाधान भएको थियो । तर, शौचालय भरिएको कारण निकै समस्या भोग्नुपरेको उहाँले बताउनु भयो ।
०२२ सालमा निर्माण गरिएको कारागार र कार्यालय भवन जीर्ण छ । ६० वर्ष बढि भएको भवनमा बस्न पनि समस्या छ । उहाँले भन्नु भयो, भुकम्प आयो भने खतराको अवस्था छ । अहिले कारागारमा दुई जना ज्येष्ठ नगारिक कैदीबन्दी छन् ।
क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राखिएकोले कैदीबन्दीहरुलाई सुत्न तथा सरसफाईको समेत समस्या उत्पन्न भएको छ ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…