कारागारमा रहेका मध्ये प्रेसररोगीको सङ्ख्या बढी
जिल्ला कारागार तेह्रथुममा रहेका कैदीबन्दीहरू सबैभन्दा बढी उच्च रक्तचाप रोगबाट पीडित भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । समय समयमा स्वास्थ्य परीक्षण गरिनु पर्ने भए पनि स्वास्थ्य परीक्षण नगरिँदा यस्तो बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
कारागारमा रहेका कैदीबन्दीहरूका लागि लाएन्स क्लब अफ विराटनगर र विराटनगर भन्सार सङ्घको संयुक्त आयोजनामा चैत २७ गते स्वास्थ्य शिविर आयोजना गरेपछि यस्तो जानकारी आएको हो ।
कैदीबन्दीहरूमा सबैभन्दा बढी उच्च रक्तचापका बिरामी भेटिएको लाएन्स क्लब विराटनगरका अध्यक्ष डाक्टर बालकृष्ण शाहले जानकारी दिए । उनका अनुसार कारागारमा रहेका धेरै व्यक्तिमा उच्च रक्तचाप भेटिएको हो ।
समय समयमा कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि स्वास्थ्य परीक्षण नगरिँदा यस्तो समस्या आएको डाक्टर शाहले बताए । शिविरमा स्वास्थ्य परीक्षण गर्दा केहीलाई पाइल्सकोसमेत समस्या रहेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर मुक्तिनारायाण शाहले जानकारी दिए ।
साँघुरो कारागारमा क्षमता भन्दा बढी कैदिबन्दी राखिएका कारण उनीहरूलाई विभिन्न रोग लाग्न थालेको स्वाथ्यकर्मीहरूले बताएका छन् । ३५ जना क्षमता रहेको जिल्ला कारगारमा अहिले तीन गुणा बढी कैदीबन्दी रहेका छन् । जिल्ला कारागार तेह्रथुममा ६४ जना कैदी, ९ जना थुनुवा र २ जना आश्रति बालबालिका रहेका छन् ।
कारगारमा रहेका कैदीबन्दीहरूको समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि सिकिस्त बिरामी हुँदा मात्र उपचार गर्ने गरिएकोले रोग लाग्नु भन्दा पहिलेको अवस्थाको बारेमा जानकारी पाउन आफूहरू वञ्चित भएको कैदी बन्दीहरूले बताएका छन् । कारागार स्थापना भएदेखि पहिलो पटक आयोजना भएको स्वास्थ्य शिविरले कैदीबन्दीहरूलाई राहत मिलेको कारागार प्रमुख पुर्णबहादुर रावतले बताए ।
भगिश्वर लिम्बु
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…