कारागारमा भाइटीका, क्षमता भन्दा बढी कैदीबन्दीका कारण व्यवस्थापनमा कठिनाइ
आज देशैभर भाइटीका लगाइएको छ । दैलेखका कारागारमा पनि कैदीबन्दी महिला र पुरुषहरूलाई उनीहरूका दाजुभाइ दिदीबहिनीहरूले टीका लगाइदिएका छन् ।
धर्म संस्कृति र परम्परा अनुसारका पर्वहरू मनाउँदा थुनुवाहरूमा रचनात्मक काम गर्ने उत्प्रेरणा पैदा गर्ने भएकोले दसैँ तिहारलगायतका पर्वहरूमा घरपरिवारका सदस्य र आफन्तहरूलाई कारागारमा नै टीका लगाउने प्रबन्ध मिलाइएको कारागार प्रमुख जीतबहादुर केसीले बताए ।
जम्मा ८० जनाको क्षमता भएको कारागारमा बाहिरका बन्दीहरू समेत थपेर १ सय ५० भन्दा बढी पुर्याइएको कारण खानेपानी, शौचालयलगायतका असुविधाका कारण व्यवस्थापनमा समस्या भएको केसीले बताए ।
कैदीबन्दीले सीपमूलक तालिमहरू पनि नपाएको गुनासो गरेका छन् । यसबारे ध्यानाकर्षण गराउँदा कारागार प्रमुख जीतबहादुर केसीले प्रमुख जिल्ला अधिकारीमार्फत घरेलु तथा साना उद्योग विकास समिति र स्थानीय निकायमा यसबारे पहल भइरहेको बताए ।
अमर सुनार
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…