कारागारमा पानीको अभाव हुँदा कैदीबन्दीलाई समस्या
तनहुँ कारागारमा पानीको अभाव भएपछि कैदीबन्दी समस्यामा परेका छन् । कारगारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यकता पर्नेमा हाल दैनिक २० हजार लिटर मात्र आपूर्ति हुँदै आएको छ । पानीको अभावमा कारागारका कैदी बन्दीलाई समस्या परेको कारागारका प्रमुख नारायण अधिकारीले बताउनु भयो ।
मादी नदीको किनारमा इनार खनेर पानी आपूर्ति गरिँदै आएकोमा केही महिना यता नदीको गहिराई बढेर इनारमा पानी कम भएपछि पानीको आपूर्तिमा कमी आएको अधिकारीले बताउनु भयो । अब पानीको आपूर्ति बढाउन नयाँ इनार खन्नु पर्ने मात्र विकल्प रहेको अधिकारीले बताउनु भयो । अहिले जाडोको समयमा पानीको अभावले धेरै असर नगरेपनि गर्मी याम सुरु भएपछि भने निकै समस्या हुने भन्दै अधिकारीले यही जाडोको याममै पानीको आपूर्ति बढाउने विकल्प तयार गर्नु पर्ने उहाँको भनाई छ ।
कारागार निरिक्षणमा आएका निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी समक्ष कारागार प्रमुख अधिकारीले पानीको व्यवस्थाको लागि अहिलेबाट नै काम गर्नु पर्ने विषय अवगत गराउनु भएको थियो । निमित्त प्रजिअ भण्डारीले पानीको समस्याको बारेमा कारागार व्यवस्थापन विभाग र गृहमन्त्रालयमा लेखी पठाउने बताउनु भयो ।
०८० मङ्सिर २५ गते कारागारकाे अवस्था बुझ्न जानुभएका इन्सेक प्रतिनिधि सँग पनि कारागारका प्रमुख अधिकारीले पानीको अभावको बारेमा सम्बन्धित निकायलाई ध्यानकर्षण गराइदिन अनुरोध गर्नु भएको थियो । मादी नदीबाट ल्याइएको पानी नुहाउन, लुगा धुन, सरसफाई तथा शौचालयको लागि उपयोग गरिन्छ । पिउनकोलागि भने कारागार भित्र दमौली खानेपानी तथा उपभोक्ता संस्था मार्फत चार ओटा धारा जडान गरिएको छ ।
महिला तर्फ २० र पुरुष तर्फ १ सय १४ जनाको क्षमता रहेको तनहुँ कारागारमा महिला तर्फ २२ जना र पुरुष तर्फ २ सय ८० गरि जम्मा ३ सय २ जना कैदी बन्दी रहेका छन् । महिला कारागारमा आमासँग तीन जना बालिकाहरु पनि रहेको कारागार प्रमुख अधिकारीले जानकारी दिनु भयो ।
कारागारमा सबैभन्दा धेरै बलात्कार मुद्दाका ८६ जना कैदी बन्दी रहेका छन् । त्यसपछि क्रमशः लागु औषध मुद्दाका ५६ जना, कतव्र्य ज्यान मुद्दाका ५३ जना, चोरीका २७ जना, सवारी ज्यानका १९ जना कैदी बन्दी रहेका छन् ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…
जङ्गली च्याउ खाँदा १० जना बिरामी मध्ये एक जनाको मृत्यु
जिल्लाको व्यास नगरपालिका-३ मा जङ्गली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जङ्गली च्याउ टिपेर…