कारागारमा दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या
जिल्ला कारागार गोरखामा दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई सामान्य स्वास्थ्य उपचारका लागि पनि समस्या परेको छ ।
एक जना अहेवको दरवन्दी रहेपनि गोरखा कारागारमा साडे दुइ वर्ष देखि दरवन्दी अनुसारको स्वास्थ्यकर्मी छैनन् । पुष २६ गते गोरखा कारागारको नियमित निरिक्षणमा पुगेका प्रमुख जिल्ला अधिकारी भोला दाहाल समक्ष पनि कैदीबन्दीले स्वास्थ्यकर्मी नहुँदा समस्या परेको गुनासो गरेका थिए । ‘रेगुल निरिक्षणको क्रममा कारागार पुगेका थियौ, त्यहाको वस्तुस्थितिको बारेमा जानकारी लियौँ,’ दाहालले भन्नुभयो,‘अहेवको दरवन्दी रहेपनि पुर्ति भएको रहेनछ, उहाँहरुले स्वास्थ्यकर्मी नहुँदा समस्या भएको बताउनुभयो, दरवन्दी अनुसारको स्वास्थ्यकर्मी पदपुर्तिका लागि पहल भइरहेको छ ।’
अहिले कारगारका कैदीवन्दिलाई स्वास्थ्य उपचारको लागि गोरखा अस्पताल लैजाने गरेको उहाँले बताउनुभयो । स्वास्थ्यकर्मी पदपुर्तिका लागि प्रशासनको तर्फबाट सक्दो पहल थालिने उहाँले बताउनुभयो । ५५ जना बन्दी क्षमता रहेको कारागारमा महिला १७ र पुरुष ९७ गरि १ सय १५ जना रहेका छन् । कारागारमा पुरुष कक्ष तर्फ झण्डै तीन गुणा कैदी÷बन्दीभएकाले कोचिएर बस्नुपर्ने बाध्यता रहेका कारागारमा एक बन्दीले बताए ।
२०७८ साउनमा कारागारमा कार्यरत अहेवको काठमाण्डौं सरुवा भएयता नयाँ अहेव आएका छैनन् । अहेवको दरवन्दी रहेपनि झण्डै साडे दुइ वर्ष देखि दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नआउदा दिर्घरोगीहरुलाई नियमित स्वास्थ्य परिक्षणमा समस्या भएको कारागारका कम्प्यूटर अपरेटर दिपेन्द्र क्षेत्रीले बताउनुभयो । स्वास्थ्यकर्मी पदपुर्तिका लागि पहल भइरहेको पनि उहाले बताउनुभयो ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
बाढीपहिरोका कारण पनौतीमा धेरै क्षति (फोटो फिचर)
पनौती नगरपालिकाले आफ्नो नगरपालिकामा बाढी–पहिरोका कारण जनजीवन विकराल अवस्थामा पुगेको बताउँदै सहयोगको अपिल गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको अपिल गर्नु भएको हो । पनौती…
कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने
सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा…
आर्थिक अभावले उपचार नपाएका बोहराको चार वर्षदेखि गोठमा बास
घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि गोठमा बस्न बाध्य हुनुभएको छ । आँखा नदेख्ने र हिँड्डुल…
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने…