कारागारमा थुनुवा मृत्यु घटनाको अनुसन्धान गर्न अधिकारकर्मीहरुको माग !

  ०८१ असोज २ गते

जिल्ला कारागार शाखा, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको घटनामा सुदूरपश्चिम प्रदेशमा कार्यरत बिभिन्न संघसस्थाहरुले ०८१ भदौ २  गते सयुक्त प्रेश विज्ञप्ति जारी गरी गम्भिर ध्यानकर्षण भएको जनाएका छन् ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, गरैसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश, पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश, डिडब्लुआरएफ, ओरेक, माइती नेपाल, सिविनलगायतका संघसस्थाहरुले सयुुक्त रुपमा प्रेश विज्ञप्ति जारी गरी घटनाको अनुसन्धान गरी पीडित पक्षलाई न्याय दिन आग्रह गरेको हो ।

संविधानको धारा १६ मा नागरिकको सम्मान पूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता गरिएको भए पनि राज्यले नियन्त्रणमा लिई पुर्पक्षका लागि थुनामा राखिएका व्यक्तिको मृत्यु हुन गम्भिर विषय भएको र कारागारमा राखिका व्यक्तिको मुत्यु हुनुले कारागार सुरक्षा मापदण्ड र त्यसको कार्यान्वयनको अवस्थामा प्रश्नहरु खडाभएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कारागार भित्र लागुऔषधहरुको प्रयोग, कुटपिट तथा मृत्युका घटनाले कारागार सुरक्षा व्यावस्थापन जिम्मेवारीपूर्वक नगरिएको प्रष्ट हुन्छ । हिरासत र कारागारमा राखिएका व्यक्तिहरुको सुरक्षा व्यवस्थामा सम्बन्धित पक्ष गम्भिर नहुने हो भने भविष्यमा पनि यस प्रकारका दुःखद घटनाहरु हुन सक्ने र राज्यका निकायप्रति नागरिकको जनविश्वास समेत नहुने भएकोले यस प्रकारका घटनाहरुको सत्यतथ्य छानविन गरी दोषीलाई कानुन अनुसार कारबाही गर्न र पीडित परिवारलाई न्याय प्रदान गर्न सम्बन्धीत पक्षलाई अनुरोध गर्दछौँ ।’

Press Note


इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी