कारागारमा झडप हुँदा सात जना घाइते
जिल्ला कारागार दैलेखमा वैशाख ९ गते कैदीबन्दीहरूबिच झडप हुँदा सात जना घाइते भएका छन् । झडपमा गम्भीर घाइते हुनेमा नारायण शाही र उपेन्द्र पुन छन् ।
नारायण शाहीलाई बढी चोट लागेको कारण जिल्ला अस्पताल दैलेखमा उपचार गराइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर योगेन्द्र खड्काले जानकारी दिए ।
उपेन्द्र लगायत सामन्य घाइते भएका अन्य ६ जनालाई प्राथमिक उपचारपछि कारागारमै फर्काइएको छ । ९ गते बिहान खानेपानीको विषयलाई लिएर नारायण शाही र उपेन्द्र पुनबिच भएको विवादपछि कारागारभित्र उनीहरूको समूहबिच झडप भएको इन्स्पेक्टर खड्काले बताए ।
१ सय जनाको क्षमता रहेको दैलेख कारागारमा १ सय ५३ जना कैदीबन्दी एकै ठाउँमा राखिएकाले पटकपटक विवाद र बेलाबेलामा हुने गरेको छ ।
अमर सुनार
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…