कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या
कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी रहँदा व्यवस्थापनमा समस्या भएको बन्दीहरूले गुनासो गरेका छन् ।
२० जना पुरुष र पाँच जना महिलाको क्षमता रहेको कारागारमा हाल ५४ जना पुरुष कैदीबन्दी रहेका छन् । पाँच जना महिला कैदी बन्दीको क्षमता भएपनि महिलातर्फ बस्ने कोठाको राम्रो व्यवस्था नहुँदा एक जना आश्रति बालकसहित एक जना बन्दी महिलालाई अन्य जिल्लामा पठाइएको कारागार शाखा प्रमुख तेजविक्रम शाहले बताए ।
बि.सं २०५१ सालमा निर्माण भएको कारागारमा कैदी र थुनुवाका लागी दुई वटा सुत्ने कोठा रहेको छ भने शौचालय पनि दुई वटा रहेका छन् । क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी भएको हुँदा एउटा कोठामा २७ जनासम्म कोचाकोच भएर सुत्नु परेको कारागारका नाइके दिपक चन्दले गुनासो गरे । नाइके चन्दले भने-'शौचालय प्रयोगमा लाइन बस्नु पर्छ भने धाराको प्रयोगमा समेत समस्या भएको छ ।'
कारागार भवनको अवस्था निकै कमजोर भएको र ठाउँ ठाउँमा भवन चर्किएको छ । कारागार भित्र रहेका कैदी तथा थुनुवाले मनोरञ्जनका सामग्री केही नभएको बताएका छन् । बिरामी हुँदा समयमा उपचार व्यवस्था हुन नसकेको र कारागारभित्र कुनै पठनपाठनका लागि पुस्तक समेत नभएको कारागारका नाइके दिपक चन्दले आरोप लगाए ।
नाइके चन्दले भने-'भवन पनि निकै जोखिम अवस्थामा छ । भवनको चारैतिर दिवाल चर्किएको छ । पानी पर्दा छतबाट पानी चुहिने समस्या भएकाले सुत्न सकिँदैन ।'
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…