कारागारमा क्षमता भन्दा दोव्बर कैदीबन्दी

  ०८० वैशाख ५ गते

कोशी प्रदेशका १४ ‌ओटा जिल्लामा रहेका जिल्ला कारागारमा क्षमता भन्दा दोव्बर कैदी राखिएको तथ्याङ्कले देखाएको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा समस्या भएको छ । १ सय ३० जना कैदीको क्षमता भएको कारागारमा हाल १ सय ५३ जना  कैदीबन्दी राख्नु परेको कारागारका जेलर सोमप्रसाद आचार्यले बताउनु भयो । पुरूषतर्फ ६६ जनाको क्षमता भएमा हाल १ सय ४८ जनालाई राखिएको छ । पाँच जना महिला कैदीबन्दीलाई राखिएको छ । क्षमताभन्दा बढी पुरूष  कैदीबन्दी भएकाले दैनिक क्रियाकलाप खान, बस्न र शौचमा समस्या हुने गरेको कैदीबन्दीको गुनासो छ । नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०१९ देखि सन् २०२३ सम्मको पाँच वर्षको अवधिमा कारागारमा राखिएको बन्दीको तथ्याङ्क हेर्दा हरेक वर्ष क्षमताभन्दा बढी कैदीलाई राखिने गरिएको छ ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राख्दा समस्या भएको छ । ६० जना कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल करागारमा २ सय ४९ जना कैदीबन्दी राख्नुपर्दा समस्या भएको निमित्त जेलर महेश विष्टले बताउनु भयो । ८३ जना पुरूष र आठ जना महिला गरी ९१ जना बन्दी तथा १ सय ४७ जना पुरूष र ११ जना महिला गरी  १ सय ५८ जना कैदीहरू जिल्ला कारागारमा छन् । जसमध्ये १४ जना दीर्घरोगी छन् । नयाँ कारागार भवन निमार्णका लागि डीपीआर तयार गरी सङ्घीय सरकारलाई अनुरोध गरिएपनि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगर्दा नयाँ कारागार भवन निमार्ण हुने टुङ्गो नभएको जेलर बिष्टको भनाइ छ । क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी सङ्ख्या भएकाले दैनिक क्रियाकलाप खान, बस्ने र शौच गर्ने समेत समस्या हुने गरेको कैदीबन्दीको गुनासो छ । कारागारमा पुरुष कक्षतर्फ झण्डै तीन गुणा कैदीबन्दी भएकाले कोचिएर बस्नुपर्ने बाध्यता छ । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या भइरहेको जेलर बस्नेतले बताउनु भयो । कारागारमा खानेपानीको समेत उचित प्रबन्ध नहुँदा समस्या हुने गरेको कैदीबन्दीहरुको गुनासो छ ।

सोलखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएका कारण समस्या हुने गरेको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०१९ देखि सन् २०२३ सम्मको तथ्याङ्क विश्लेषण गर्दा जिल्ला कारागारमा हरेक वर्ष क्षमता भन्दा बढी कैदीबन्दीलाई राखिएको पाइएको छ । जिल्ला कारागारको बन्दी क्षमता ३५ जनाको छ । कारागारमा कैदी र थुनुवा ८२ जना छन् । महिला ३ र पुरुष ७९  रहेका छन् । कारागारमा एक आश्रित बालक रहेका छन् । कारागारको क्षमता महिला १० जना र पुरुष २५ जना हो । पुरुषको सङ्ख्या कारागारको क्षमताभन्दा तीन गुणा बढी रहेको छ ।  कारागारमा पुरुष कक्षतर्फ झण्डै तीन गुणा कैदीबन्दी भएकाले कोचिएर बस्नुपर्ने बाध्यता छ । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या भइरहेको जेलर विक्रम लिम्बूले बताउनु भयो । कैदीबन्दीका आफन्तजनलाई भेटघाट गर्ने र कारागारमा खानेपानी, शौचालय, व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या हुने गरेको जेलर लिम्बूको भनाइ छ ।

ओखलढुडा प्रतिनिधि सरस्वती बानियाका जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीलाई राख्दा समस्या भएको छ । कारागारको नयाँ भवन निर्माण भएपनि त्यो सञ्चालन नहुँदा कैदीबन्दी कोचिएर बस्न बाध्य हुनु परेको छ । कारागारको क्षमता महिला १० जना र पुरुष २५ जना हो । पुरुषको सङ्ख्या कारागारको क्षमताभन्दा तीन गुणा बढी रहेको छ ।  कारागारमा पुरुष कक्षतर्फ झण्डै तीन गुणा कैदीबन्दी भएकाले कोचिएर बस्नुपर्ने बाध्यता छ । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या भएको छ ।


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर