कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु

  ०७७ कात्तिक २२ गते

जिल्ला कारागार नवलपरासी पश्चिममा कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरीरहेका पाल्हीनन्दन गाउँपालिका– ३ का  ७० वर्षीय शिबलाल कोहारको कात्तिक १९ गते मृत्यु भएको छ ।

लोहार कात्तिक १९ गते एक्कासी चक्कर लागेर ढलेपछि उपचारका  लागि पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्‍याए  लगत्तै डाक्टरले मृत घोषण गरेको जेलर जगत बस्नेतले जानकारी दिनु भयो । लोहारमा लामो समय देखि मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

जिल्ला अदालतले ०७२ सालको चैत ३ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको थियो ।


नारायण पराजुली