कारागारमा एक जना थुनुवाको मृत्यु
लिखु तामाकोसी गाउँपालिका–३ बिजुलीकोट घर भई जिल्ला कारागार कार्यालय रामेछापमा थुनुवा जीवन बिताउँदै आउनुभएका ५२ वर्षीय वीरे दर्जीको ०७९ चैत २४ गते मृत्यु भएको छ ।
कारागारमा बिरामी पर्नुभएका दर्जीको जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको हो ।
अकस्मात चक्कर लागेपछि कारागारकै स्वास्थ्यकर्मीले उहाँका सामान्य स्वास्थ्य परीक्षण गरी थप उपचारको लागि नजिकैको जिल्ला अस्पताल पठाएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिनुभयो ।
कर्तव्य ज्यान मुद्दाको पुर्पक्षको क्रममा दर्जीलाई फागुन ४ गते कारागारको थुनामा पर्नुभएको थियो । कुनै रोग नदेखिएका दर्जी अकस्मात बिरामी परेको तामाङले बताउनु भयो ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रामेछापमा राखिएको तामाङले जानकारी दिनुभयो ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…
चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन
मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम र अधिकारकर्मीको टोलीले असोज ९ गते घटनाका विषयमा अनुगमन गरेको…