अदालत परिसरबाट एक बन्दी फरार, खोजी कार्य जारी  

  ०८१ मङसिर २० गते  

नुवाकोट जिल्ला ककनी गाउँपालिका–६ का ३६ वर्षीय बुद्धि भनिने अमरबहादुर लामा दिउँसो साढे १२ बजेतिर कारागारबाट भागेको कारागार प्रशासनले जनाएको छ । लामा रसुवा जिल्ला अदालतमा तारेख लिन जाने क्रममा अदालतबाट भागेको कारागारका जेलर विपिन पौडेलले बताउनु भयो ।

बैकिङ ठगी उद्योग कसुरमा रसुवा कारागारमा बन्दी रहेका लामालाई सर्वोच्च र जिल्ला अदालतले थुना मुक्त गर्न भनेपनि काभ्रेपलाञ्चोक जिल्लामा बैकिङ ठगी उद्योगको मुद्दा बाँकी रहेको जिल्ला कारागारका जेलर विपिन पौडेलले बताउनु भयो ।

काभ्रे जिल्लामा मुद्दा बाँकी रहेकाले बन्दी लामाको अनुसन्धान भइरहेको बेला रसुवा अदालतबाट बन्दी भागेपछि सुरक्षाकर्मीले खोजी कार्य गरिहेको छ ।


हेमनाथ खतिवडा