कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।
घिमिरेलाई प्रहरीले माघ २४ गते जिल्ला अदालत दाखिला गरी कैद असुल उपरका लागि सोही दिन चौतारा कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो ।
घिमिरे ०७२ वैशाख १२ गतेको भूकम्पले चौतारा कारागार भत्कीएपछि सोही बेलादेखि फरार भएकी थिइन् ।
कारागारबाट फरार भएकी घिमिरेलाई जिल्ला अदालतको ०७२ फागुन १२ गते ९ वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
त्यसैगरी जिल्ला अदालतले ०७४ फागुन ९ गते अर्को फैसला सुनाउँदै कैदी भागे वा भगाएको मुद्दामा चार वर्ष ६ महिना कैद सजाय समेत गरेको थियो । हाल कविता घिमिरेलाई दुई ओटा मुद्दाको कैद सजाय भएको छ ।
कारागारबाट फरार भएकी घिमिरेले तत्कालीन गुम्बा गाविस-२ हाल जुगल गाउँपालिका-३ की १८ वर्षीया युवतीलाई बिक्रि गर्ने उद्देश्यले काठमाडौँ लैजान लागेको अवस्थामा मानव बेचविखन विरुद्ध काम गर्ने एक गैरसरकारी संस्थाको सूचनाको आधारमा ०७१ जेठ ६ गते बन्देउबाट प्रहरीले गिरफ्तार गरेको थियो ।
पीडितले ०७१ जेठ ७ गते कविता घिमिरे र गुम्बा स्थित गुण्डेगाउँ घर भएका राम तमाङविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितले दिएको उजुरीमा राम तमाङले आफ्नो नागरिकतामा उमेर बढाउन कविता घिमिरेसँग साथ लगाएर सदरमुकाम चौतारा पठाएको उल्लेख छ । राम तामाङ हालसम्म फरार रहेका छन् ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…