कारागारको हेलचेक्र्याईंले मृत्यु भएको भन्दै घटनाको छानबिन गर्न माग
बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय सचिव सञ्जय जर्घा मगर (क्रान्ती)को डिल्लिबजार कारागारको हेलचेक्र्याईंका कारण मृत्यु भएको आरोप लगाउँदै बहिर्गमित जनमुक्ति सेना नेपालले उक्त घटनाको छानबिन गर्न माग गरेको छ ।
बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टद्वारा भदौ २० गते जारी विज्ञप्तिमा षडयन्त्रमूलक ढङ्गले राज्यको संवेदनशील ठाउँमा मगरको मृत्यु भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गर्न माग गरिएको छ । 'घटनमा संलग्न दोषीलाई कारबाही, मृतकलाई सहिद घोषणा र पीडित आफन्तजनलाई न्यायको साथै उचित क्षतिपूर्ति दिन माग गर्दछौं ।'-विज्ञप्तिमा भनिएको छ । अध्यक्ष विष्टले 'ब्लड प्रेसर' का कारण पीडित जर्घामगरले पटकपटक कारागार प्रशासनसँग उपचारको माग गर्दासमेत कारागारले बेवास्ता गरेका कारण मृत्यु भएको आरोप लगाए ।
जारी विज्ञप्तिमा भनिएको छ-'यो घटनाको जिम्मा सम्बन्धित निकाय, मन्त्रिपरिषदको कार्यालय, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय मानव अधिकार अयोगलगायत सम्पूर्ण सुरक्षा निकायले लिनु पर्दछ ।'
इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय, काठमाडौँ
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…