कारागारका ३० जना कैदी बन्दीको स्वास्थ्यमा समस्या
भीमफेदी गाउँपालिका-३ क्षेत्रीय कारागार भीमफेदीमा अज्ञात रोगबाट ०८० जेठ ८ गते ३० जना कैदी बन्दी एकैपटक बिरामी परेका छन् ।
कारागारको ‘क’ ब्लकमा रहेका कैदी बन्दीमा ज्वरो आउने, पखाला लाग्ने, शरीर काँप्ने, पेट दुख्ने र शरीर कमजोर भएको महसुस हुने समस्या देखिएको कारागार प्रशासक उपसचिव तीर्थ पौडेलले जानकारी दिनुभयो ।
कारागार प्रमुख पौडेलका अनुसार बिहान १० जना बिरामी भएपछि नजिकैको भीमफेदी स्वास्थ्य केन्द्रमा उनीहरूको उपचार गरिएको थियो ।
‘दिनभर बिरामीको सङ्ख्या बढेपछि अहिले गाउँपालिका र स्वास्थ्य केन्द्रको सहयोगमा हामीले कारागारमै उपचार गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ।
पौडेलका अनुसार दुई जना डाक्टरसहित आठ जना स्वास्थ्यकर्मी अहिले कैदी बन्दीको उपचार गरिरहेका छन् ।
‘विषाक्त खानाको कारण बिरामी भएको हो कि भनेर हामीले परीक्षण गर्यौँ । तर, त्यस्तो केही पाइएन,’ पौडेलले भन्नुभयो ।
कारागारमा हाल १ हजार १ सय ८ जना कैदी बन्दी रहेका छन् । कारागारमा एक/एक जना अहेब र अनमीको दरबन्दी भए पनि हालसम्म स्वास्थ्यकर्मी छैनन् ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…