काम गर्ने वातावरण बनाइदिन पत्रकारको आग्रह
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का २९ वर्षीय पत्रकार दिवस रिजालले स्वच्छ र शान्त वातावरणमा काम गर्ने वातावरण मिलाइदिन पत्रकार महासङ्घ खोटाङ शाखा समक्ष माघ ९ गते आग्रह गर्नु भएको छ ।
माघ ४ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राईका बारेमा जायजुम अनलाइनमा “उपप्रमुखको ८ महिनामा करिब ५ लाख भुक्तानी” शीर्षकको समाचारलाई लिएर उपप्रमुख राईले दिएको धम्की पछि काम गर्ने वातावरण मिलाइ दिन महासङ्घ शाखा समक्ष आग्रह गरेको पीडित पत्रकारले इन्सेककर्मीसँग बताउनु भयो ।
माघ ९ गते घटनाका विषयमा प्रष्टीकरण लेखि महासङघ खोटाङ शाखामा बुझाएको र काम गर्ने वातावरणका लागि आग्रह गरेको पत्रकार रिजालले बताउनु भयो ।
माघ ४ गते समाचार प्रकाशनपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ वुइपाका ४० वर्षीय उपमेयर विसन राईले आफ्ना स्वकीयलाई घरमा पठाएर आफूलाई अपहरणको शैलीमा लगि आफ्नो कार्यकक्षमा अपशब्द र ज्यान मार्ने धम्की दिएको आरोपमा पत्रकारको छ ।
घटनाका विषयमा नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले माघ ६ गते विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
शाखा अध्यक्ष दिलिप खत्रीद्वारा जारी विज्ञप्तिमा उपमेयरले समाचारको विषयमा चित्त नबुझे कानुनी उपचारको बाटो रोज्नु पर्नेमा तुच्छ वचन र अपशब्द प्रयोग गरी पत्रकारलाई गरेको व्यवहारमा खेद प्रकट गरिएको छ ।
प्रेस चौतारी नेपाल खोटाङ अध्यक्ष सीताराम राईद्वारा माघ ७ गते विज्ञप्तिमा प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गरिएको छ ।
घटनाका विषयमा प्रेस चौतारी नेपाल प्रदेश १, कमिटि महासचिव गोपाल झापालीद्वारा माघ ८ गते जारी विज्ञप्तिमा घटनाका दोषीलाई कारबाही र श्रमजीवी पत्रकारलाई काम गर्ने वातावरण बनाउन माग गरिएको छ ।
घटनाका विषयमा उपमेयर विसन राईले माघ ५ गते पत्रकार सम्मेलन गरी आफूले पत्रकारलाई दुर्व्यवहार नगरेको बताउनु भएको छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…