कामदाहरूले एक वर्ष सम्म पनि ज्याला पाएनन्
त्रिपुरासुन्दरी नगरपालिकामा सम्पन्न भएको एक योजनामा काम गरेका कामदाहरूले एक वर्ष सम्म पनि ज्याला नपाएको गुनासो गरेका छन ।
त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरासुन्दरी भगवती मन्दिरको क्षेत्रफलमा पर्यटन प्रवर्धनात्मक कार्यक्रम अन्तरगत पर्यटन प्रवेशद्वार खानेपानी धारा तथा पर्खाल निर्माण योजनामा काम गर्ने कामदारले योजना सम्पन्न भएको एक वर्ष वितिसक्दा समेत ज्याला नपाएका हुन ।
योजना निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष धनलक्ष्मी कठायतका पति भुवनसिं कठायतले योजनाको ४८ लाख रुपियाँ बैकवाट भुक्तानी लगेर पनि कामदारलाई काम गरेको ज्याला झण्डै नौ लाख रुपैया दिएका छैन्न । कामको जिम्मा लिएका ठेकदार केसव बुढाथोकीले आफुले २०७८ असार मसान्त भित्रमा धारा शौचालय गेट तथा प्रवेशद्वार निर्माण कार्य सम्पन्न गर्ने गरी नौ लाखमा कामको जिम्मा लिएर योजना सम्पन्न गरीदिएको एक वर्ष वितिसक्दा समेत सम्झौता अनरुपको रकम नपाएको बताउनु भयो ।
उहाले भन्नु भयो पटक पटक सम्पर्क गर्न खोज्दा समेत भुवनसिं कठायत सम्पर्कमा नआएकाले निजलाई बोलाई आवश्यक कारवाही गरि रकम असुल गरिपाँउ भनि जिल्ला प्रशासन कार्यालयमा ०७९ फागुन २२ गते निवेदन दिएको बताउनु भयो । अर्का कामदार नैनामति बुढाले आफुसहित २४ जनाले काम गरेको ज्याला नपाएर अन्यायमा परेको बताउनु भयो ।
उपभोक्ता समितिका अध्यक्ष दिलमाया विष्टले आफ्नो हस्ताक्षर समेत चेकमा गराएर रकम झिकेर जिल्ला बाहिर रहेकाले सम्पर्कमा नआएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलले ज्याला नपाएको भन्ने व्यहोराको निवेदन आएको तर रकम लिएर जिल्ला बाहिर रहेका कठायत सम्पर्कमा नआएकाले सम्पर्कमा आउने वित्तिकै छलफल गराएर रकम दिलाउन लगाउने बताउनु भयो ।
विष्णुप्रसाद देवकोटा
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…