कानुन व्यवसायीद्वारा अदालतको कामकाज ठप्प
जिल्ला जिल्ला अदालतमा कानुन व्यवसायीले माघ ११ गतेदेखि गरेको आन्दोलनका कार्यक्रमले अदालतको कामकाज ठप्प पारेका छन् ।
न्यायपरिषदद्वारा गत पुस २८ गते उच्च अदालतका न्यायाधीशहरूको प्रकृया नपुर्याइ नियुक्ति गरेको आरोप लगाउँदै त्यसैको विरोध स्वरूप अदालती कामकाज ठप्प पारेका हुन् ।
उच्च अदालतका न्यायाधीश नियुक्त गर्दा समावेशी र समानुपातिक सिद्धान्त अनुसार गर्ने संविधानमा व्यवस्था भएको र न्यायपरिषद ऐनको दफा ५ मा व्यवस्था भए पनि सो व्यवस्था मिचेर न्यायाधीश नियुक्ति गरेकोले सो निर्णय खारेज नभएसम्म आनन्दोलन स्थगित नहुने नेपाल बार एशोसिएशन सिरहाका अध्यक्ष रामस्वप चौधरीले बताए ।
कानुन व्यावसायीहरूले माग सम्बोधन नभए जिल्ला बार इकाईका अध्यक्ष, पदाधिकारी र सदस्यहरूले नेपाल बार एसोसिएसनको सदस्यताबाट सामूहिक राजिनामा दिने चौधरीले बताए ।
यसै गरी माघ ९ गतेदेखि १२ गतेसम्म उच्च अदालतका न्यायाधीश नियुक्ति गर्दा सरकारी वकिलहरूको तर्फाट एक जनालाई मात्र समेटेको भन्दै सरकारी वकिलहरूले पनि अदालतको कामकाज बन्द गरेका थिए ।
तर, माघ १२ गते न्यायपरिषदले बिज्ञप्ति प्रकाशन गरी अगामी दिनमा न्यायाधीश नियुक्ती गर्दा प्रकृया पुर्याउने आश्वाशन दिएकोले सरकारी वकिलहरूले आन्दोलन फिर्ता लिएको सिरहाका सरकारी वकिल मनोज आर्चायले बताए ।
दैनिक रूपमा औसतमा ५० वटासम्म मुद्दा पेश हुने भए पनि हाल मुद्दा दर्ता र प्रशासनिक काम मात्र भएको जिल्ला अदालतका शाखा अधिकृत टिकाप्रसाद नेपालले बताए । नेपालका अनुसार बकपत्र तथा फैसला नहुँदा न्याय निरूपण हुन सकेको छैन ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
हेपाहा प्रवृतिका नाम सच्चाउने कानुनको अभावमा अपमान सहनुपरेको दलित समुदायको गुनासो
दलित भएकै कारण नागरिकता प्रदान गर्ने कार्यालयका कर्मचारीहरुले मनोमानी रुपमा अपमानित हुने प्रकृतिका नामहरु राखि दिएकै कारण समाजमा अहिले पनि अपमानित हुनुपरेको जिल्लास्थित दलित समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…