कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आफ्नो नामबाट अर्कैले नागरिता लिएपछि पीडित भएका रास्कोट नगरपालिका –८ का ३२ वर्षीय देवराज धमालालाई कानुनी प्रक्रियामा जान इन्सेकले भदौ ७ गते कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीमार्फत सहयोग गरेको छ ।
सोही ठाँउका गंगाराम धमालाले भारतबाट एकजना नागरिक ल्याएर देबराजको नाममा नागरिकता दिएको पीडित हुनुभएको थियो । वास्तविक देबराज धमाला नागरिकता नपाएर पीडित भएर कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेकले कालिकोटमा गठन गरेको मानव अधिकार रक्षक सञ्जालमा सहयोगको लागि भदौ २ गते निवेदन दिनु भएको थियो ।
२० वर्ष भारत वसेर आफ्नो घर फर्केका पीडितले साउन १४ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु भएको थियो । पीडित धमलाको निवेदन आएपछि वडाध्यक्ष लगाएत सबैलाई बोलाएर नकक्ली नागरिकता रद्द गर्न मन्त्रालयमा पठाइएको क्याविनेटबाट रद्द भइ आएपछि पीडितको नयाँ नागरिकता प्रक्रिया अगाडी बढ्ने प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले बताउनु भयो ।
कमजोर आर्थिक अवस्थाका कारण खान बस्न समेत समस्या भएका पीडितलाई नागरिकताको कानुनी प्रक्रियामा जाने प्रयोजनाका लागि इन्सेकले रु ५ हजार रुपियाँ नगद प्रदान गरेको हो ।
पीडितको निवेदन पछि इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जाल कालिकोटको भदौ ६ गते बसेको बैठकले पीडितलाई नागरिकता बनाउन लागि कानुनी प्रक्रियामा जान आवश्यक सहयोग गर्न इन्सेकलाई अनुरोध गर्ने निणर्य गरेको थियो ।
सहयोग पाएपछि पीडित धमलाले कानुनी प्रक्रियामा जान सहयोग भएको भन्दै इन्सेकलाई धन्यवाद दिनु भयो । आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा जान नसकेका गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षले सहयोगगर्दै आएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…