कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसाबाट पीडित महावै गाउँपालिका –२ की २४ वर्षीया सरिता शाही सिंहलाई कानुनी प्रक्रियामा जान इन्सेकले भदौ ४ गते कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीमार्फत सहयोग गरेको छ ।
२६ वर्षीय पति धर्मराज सिंहले कुटपिट गर्नुका साथै मार्ने धम्की दिएर घरनिकाला गरेपछि आफूलाई कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेकले कालिकोटमा गठन गरेको सिफारिस संयन्त्रमा सहयोगको लागि साउन २५ गते निवेदन दिनु भएको थियो । पीडितको निवेदन प्राप्त भएपछि इन्सेकले सञ्चालन गर्दै आएको मानव अधिकार सहायता कक्षको भदौ १ गतेको निर्णय अनुसार सहयोग हस्तान्तरण भएको हो ।
पीडितले साउन २३ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनु भएको थियो । आर्थिक अवस्था कमजोर भएकी पीडितलाई जिल्ला सदरमुकाममा कानुनी प्रक्रियामा जान आउन समस्या भएको थियो ।
घर निकाला भएपछि चार वर्षीय नाबालक छोरासहित माइतीको आश्रयमा बस्दै आएकी पीडित शाहीलाई मानव अधिकार रक्षक सञ्जाल कालिकोटका संयोजक डिल्लीप्रसाद चौलागाई, नेपाल पत्रकार महासङ्घ कालिकोटका सचिव खडानन्द अधिकारी, इन्सेक जिल्ला प्रतिनिधि लगायतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी माझीले पाँच हजार रुपियाँ हस्तान्तरण गर्नु भएको हो ।
घर निकाला भएकी पीडितले कानुनी प्रक्रियामा जान आर्थिक समस्या भएको भन्दै इन्सेक कर्णाली प्रदश कार्यालयलाई सहयोगका लागि साउन २५ गते निवेदन दिनु भएको थियो ।
सहयोग पाएपछि पीडित सिंहले कानुनी प्रक्रियामा जान सहयोग भएको भन्दै इन्सेकलाई धन्यवाद दिनु भयो । आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा जान नसकेका गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षले सहयोगगर्दै आएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भयो ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २४ गते…
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…