कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

  ०८१ जेठ ३१ गते

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी जिल्लाको वीरेन्द्रनगर नगरपालिका– २ गुप्तीपुरकी ४५ वर्षीया दुधकली बुढालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि जेठ ३१ गते आर्थिक सहयोग गरेको छ ।

पीडित महिलाका  ४७ वर्षीय पति नौसरे बुढाले पटक पटक कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने र अर्को विवाह गरी घरेलु हिंसा गर्दै आएको पीडित महिलाले जानकारी दिनुभयो । पतिले हेरचाह नगर्ने र जग्गा जमिन नाममा पास नगरिदिने गरेपछि जिल्ला अदालत सुर्खेतमा घरेलु हिंसा र अंश सहित खाना खर्च मुद्दा दायर मुद्दा दायर भएकोले अदालत आवतजावतमा समस्या भएको उहाँले बताउनु भयो ।

मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या र कानुनी प्रकृयामा जानका लागि  कानुनी शुल्कमा समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा जेठ ३० गते निवेदन दिनुभएको थियो ।

पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको ०८१ जेठ ३१ गते बसेको बैठकको निर्णय अनुसार नगद १० हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रकृयामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शीर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।

Photo20240613Surkhet


जगतदल जनाला विक