कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई

प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव अधिकार रक्षकले ठूलो भूमिका खेल्ने बताउनु भयो ।

Photo_080-8-24_Makwanpur - CG

मानव अधिकार उल्लङ्घन घटनाको न्यूनीकरण गर्नको लागि जति पनि कानुनहरू बनेका छन् ती सबैको कार्यन्वयन मार्फत हरेक पीडितहरूलाई न्याय दिलाउन अदालतले ठूलो भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो । अबको अवस्था भनेको हरेक नागरिक समाज तथा सरकार निकायहरूले मानव अधिकारको क्षेत्रमा कसरी काम गर्न सकिन्छ, र मानव अधिकार उल्लङ्घनको घटना कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा सबै जना एकजुट हुन जरुरी रहेको प्रमुख न्यायाधीश भट्टराईले जोड दिनुभयो ।

मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले मानव अधिकारको संरक्षण र विधिको शासनको लागि हामी सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । उहाँले विश्वको उत्कृष्ठ संविधान त भन्छौं त्यसमा भएका मौलिक अधिकार कार्यान्वयन गर्नु अहिलेको प्रमुख चुनौति रहेको र सबै अङ्गले आआफ्नो काम गर्ने वातावरण बन्नु पर्छ ताकि कार्यापालिकाले न्यायपालिका न्यायपालिकाले व्यवस्थापिका व्यवस्थापिकाले कार्यापालिका आदि एक अर्काको अधिकारको हस्तक्षप हुन नहुने धारणा राख्नु भयो ।

Photo_080-8-24_Makwanpur

इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले ७५ ‍औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुभकामना मन्तव्य दिँदै अझै पनि महिला तथा बालबालिका माथि हुने मानव अधिकारका घटना न्यूनिकरण हुन नसकेको उल्लेख गर्नु भयो ।

Photo_080-8-24_Makwanpur1 औGB

उहाँले सन् २०२३ को आजका मितिसम्म इन्सेकले अभिलेख गरेको १ हजार भन्दा बढी घटनामा दुई तिहाई मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाका पीडित महिला तथा बालबालिका रहेको र त्यसमा पनि दुई तिहाई घटना बलात्कार तथा यौन हिंसाका रहेको र बाँकी घरेलु हिंसाका भएको उल्ख गर्नु भयो ।

Photo_080-8-24_Makwanpur-GB

मानव अधिकार संरक्षणमा राज्यले राष्ट्रिय मानव अधिकार कार्ययोजना बनाएर सरकारका सबै तह र सरकारी संयन्त्रमा काम गरे पनि आम नागरिकमा अझै सचेतना अभिवृद्धि हुन नसकेको र मानव अधिकार संस्कृतिको विकास हुन नसकेको औँल्याउनु भयो । जसले गर्दा विगतमा भन्दा अहिले राज्य पक्षबाट भन्दा अन्यपक्षबाट हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना कम हुन नसकेको धारणा राख्नु भयो ।

गैसस महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष कमल कुमार विश्वकर्माले यस्तो कार्य एकदिन मात्रै होइन, हरेक दिन र हरेक वर्षमा पनि यस्ता कार्यक्रमहरू गरेर सबैलाई सचेतना जगाउनु पर्नेमा उहाँले जोड दिनुभयो । मानव अधिकार उल्लङ्घनको घटना पहिलेको भन्दा अहिले निकै बढेको देख्दा सबै मानिसहरूमा सचेत भई यस्ता उल्लङ्घना घटनाहरू खुलाउन सक्ने भएको उहाँले बताउनु भयो । उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दासलाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१, पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको घटना देख्दा अझै पनि मानिसहरूमा भेदभाव हुने गरेको उहाँले कार्यक्रम मार्फत स्मरण गराउनुभएको थियो ।

गैसस महासङ्घ मकवानपुर शाखा अध्यक्ष रमिला सापकोटाले पीडकलाई कानुन बमोजिम सजाय नहुने अवस्था रहेकोले पीडिकलाई कारबाही गर्न र लैङ्गिक हिंसा विरुद्ध काम गर्न सबैलाई आग्रह गर्नु भयो ।

Photo_080-8-24_Makwanpur-Ramila Sapkota

सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर भीष्मकुमार भुषालले अदालतमा दर्ता हुने मुद्दा मात्र मानव अधिकार हननका विषय नभएको र उत्तरदियत्व बोध नगर्नु र समयमा जिम्मेवार प्राप्त व्यक्तिले जिम्मेवारी पुरा नगर्दा अरूको मानव अधिकार हनन भइरहेको हुने तर्फ सजक रहनु पर्ने बताउनु भयो । उहाँले महिला बालबालिका तथा मानव बेचबिखन विरुद्धका घटना न्यूनिकरणका लागि आवश्यक नीति बनाइएको समेत बताउनु भयो ।

Photo_080-8-24_Makwanpur-Sachib

मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेंडाईँले कार्यालय स्तरमा विभेद र लैङ्गिक हिंसालाई कानुनी रुपले न्यायिक निरुपण गर्नु पर्ने र त्यसलाई घटना स्थलमा मिलाउन नहुने बताउनु भयो । कानु कार्यान्वयनको पाटोमा आफू सदैब सचेत भएर लाग्ने पनि उहाँले बताउनु भयो ।

साथै प्रमुख जिल्ला अधिकारी सेडाईँले महिला तथा बालबालिकाको संरक्षण गर्न सबै सबै सरकारी संस्थाको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । उहाँले सुशासन र सरकारी कार्यालयले गुणस्तरीय सेवा सेवा दिनु पर्ने धारणा समेत राख्नु भयो । साथै प्रमुख जिल्ला अधिकारीले भौतिक निर्माण र सुशासनमा सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी लानुपर्ने बताउनु भयो ।

यसै गरी हेटौँडा उपमहानगरपालिकाका विज्ञ तथा राडो नेपालका अध्यक्ष डाक्टर कृष्ण धितालले सङ्‌क्रमणकालिन न्याय र जो शक्तिमा छ त्यसले न्याय गरेमात्र मानव अधिकारको संरक्षण हुने बताउनु भयो । डाक्टर धितालले सामाजिक न्यायः  सुशासन र आर्थिक सम्वृद्धि नै मानव अधिकारको प्रमुख पाटो भएको उल्लेख गर्नु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत कृष्णप्रसाद मिश्रले उक्त कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले कार्यक्रम मार्फत मानव अधिकार भनेको के हो र यसको किन महत्त्व छ भन्ने कुराको बारेमा सबैलाई जानकारी गराउनुभएको थियो ।

Photo_080-8-24_Makwanpur - Krishna

कार्यक्रमको अध्यक्षता गर्नु भएको राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका निमित्त प्रमुख रेवा रेग्मीले मानव अधिकारको विषय भौतिक निर्माणको विषय जस्तो एक पटक सुरु भएर समाप्त नहुने समय अनुसार निरन्तर चलिरहने प्रक्रिया रहेको बताउनु भयो ।

Photo_080-8-24_Makwanpur-Rewa

मानव अधिकारका सवाललाई निरन्तर उठाइरहुनु पर्ने र कुनै एक दुई घटनामा अधिकार प्राप्तिको अधिकार हनन् भए भन्दैमा निरास नहुन पनि रेग्मीले आग्रह गर्नुभएको थियो । सबै ठाउँमा र सँधै मानव अधिकारको विषय समान नहुने भन्दै आयोगले सबैलाई सँधै मानव अधिकार भन्ने अवधारणका साथ काम गरिरहेको रेग्मीले बताउनु भयो । उहाँले राष्ट्रिय मानव अधिकार आयोगले गरेको मानव अधिकार उल्लङ्घनको घटनाको अभिलेख र यसले गरेको कामहरूको बारेमा सबैलाई जानकारी गराउनुभएको थियो ।

Photo_080-8-24_Makwanpur - Group


पुष्पराज अधिकारी