कानुनको अभावमा स्थानीय तहमा न्याय सम्पादन अप्ठ्यारो
संविधानले स्थानीय तहमा न्यायिक समिति सम्बन्धी स्पष्ट व्यवस्था गरेपनि यस सम्बन्धी कानुन नबन्दा काममा ढिलाइ भएको राससले जनाएको छ ।
नेपालको संविधानको धारा २१७ मा कानुन बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउँपालिका र नगरपालिकाले उपाध्यक्ष/उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था छ ।
समितिमा गाउँसभा वा नगरसभाले निर्वाचित गरेका दुईजना सदस्य रहने व्यवस्था छ । संविधानमा सोभन्दा बढी व्यवस्था नगरिएको र स्थानीय तह सञ्चालन विधेयक संसद्बाट पारित नभएकाले काममा अप्ठ्यारो भएको समितिका संयोजकको गुनासो छ ।
गोकर्णेश्वर नगरपालिकाको न्यायिक समितिमा सामान्य प्रकृतिका चार ओटा मुद्दा दर्ता भएकामा दुई ओटा मुद्दा किनारा लगाइएको समिति संयोजक एवम् नगर उपप्रमुख शान्ति नेपालले बताइन् । समितिले गर्ने न्याय सम्पादनका कामका सम्बन्धमा स्पष्ट व्यवस्था नभएकाले मुद्दा लिएर आउने पनि फर्कने गरेको नगरपालिकाले जनाएको छ ।
'बहुविवाह गरेको भनी दर्ता भएका दुई ओटा मुद्दामा दुबै पक्षलाई राखी मिलापत्र गराइयो । इजलास बस्न परेन । नगरपालिकामा इजलासको व्यवस्था गरिए पनि काम गर्न ऐन र कार्यविधिको अभावमा अप्ठ्यारो भएको छ ।'-उनले भनिन् ।
आपसी छलफलबाट अंशबण्डा गरेर पठाउँदा दुवै पक्ष खुसी भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका कानुनी सल्लाहकार राधिका लामिछानेले संविधानमा न्यायिक समिति गठनको विषय मात्र उल्लेख भएको तर त्यस सम्बन्धी कानुन पारित गर्न ढिला हुँदा स्थानीय स्वायत्त शासन ऐन २०५५ मा भएका सामान्य व्यवस्थाका आधारमा काम चलाउनुपरेको बताउँछिन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-४ का २७ वर्षीय सुशिल कुमार यादवविरुद्धको उजुरी ०८१ मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक…