काठेपुल बगाउँदा तीन महिनादेखि बालबालिका विद्यालय जानबाट वञ्चित
खार्पुनाथ गाउँपालिका–३ स्थित राया र कारङगा गाउँको बिच खोलामा पर्ने काठेपुल अविरल वर्षाले बगाएपछि दुई महिनाभन्दा बढी समयदेखि विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका छन् ।
अविरल वर्षाका कारण करङ्गा खोलामा आएको बाढी पहिरोले काठको पुल बगाएपछि असारबाट विद्यार्थीहरू विद्यालय जान नसकेको स्थानीयबासी सिंगवीर सुनारले बताए ।
खोलाले काठको पुल बगाउँदा कारङगा गाउँका ६० घरधुरीका ३० जना विद्यार्थीलाई आवतजावतमा समस्या हुँदै आएको स्थानीयबासी सिंगवीरले जानकारी दिए ।
साविकको राया गाविसले सो खोलामा पुल निर्माणका लागि ५० हजार रुपियाँ विनियोजन गरी काठेपुल लगाएपछि विद्यार्थीहरू आवतजावत गर्ने गरेका थिए ।
काठको पुल बनाएपनि लगातार परेको अविरल वर्षाले खोलामा पानीको सतह बढेपछि उक्त काठे पुल बगाएको खार्पुनाथ गाउँपालिका–३ का स्थानीयबासी जगत शाहीले बताए ।
पटकपटक पक्की पुल निर्माणको लागि जिल्ला सांसद, पूर्व खानेपानी तथा सरसफाई मन्त्री, पूर्व सांसद समक्ष समस्या राख्दा पनि सुनुवाइ नभएको स्थानीयबासीले गुनासो गरेका छन् । दुई पटकसम्म जनश्रमदानबाट निर्माण गरिएको पुल खोलाले बगाएपछि बालबालिका विद्यालय जानबाट वञ्चित भएको अर्का स्थानीयबासी विष्णुबहादुर शाहीले बताए ।
घरबाट बिहानको ७ बजे खाना खाएर हुम्ला मावि राया विद्यालयमा हिँडेका विद्यार्थी कहिल्यैै समयमा विद्यालय पुग्न सक्दैनन् । खोला तर्न नसक्दा कोही बाटो हिँड्ने बटुवा भेटिएर सहयोग गरेमा विद्यालय जाने र नसके घर फकर्ने गरेको कक्षा ९ मा अध्यनरत देवकी शाहीले गुनासो गरिन् ।
विद्यालय समयमा नपुग्दा शिक्षकबाट सजाय हुने गरेको हुम्ला माध्यमिक विद्यालयकी छात्रा विनिता शाहीले गुनासो गरिन् ।
पटकपटक काठले बनाएको पुल बगाएपछि गाउँपालिकालाई बेलिब्रिजको माग गर्दै आएका थिए । काठको पुल पटकपटक बगाएपछि बेलीबिज्र दिगो रहने सम्भावना देखिएको स्थानीय धान्ने सुनारले बताए । तर, यसको अहिलेसम्म पनि गाउँपालिकाले सुनुवाइ नगरेको सुनारको भनाई छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…