काठमाडौँको वायु विश्वमै बढी अस्वस्थकर (सूचीसहित)
काठमाडौंको वायु प्रदूषणको स्तर विश्वमा सबैभन्दा बढी अस्वस्थकर अवस्थामा पुगेको छ । अत्यन्त अस्वस्थकर वायु भएका देशहरुको सूचीमा नेपाल पहिलो नम्बरमा रहेको छ ।
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार चैत २८ गते बिहान साढे नौ बजेसम्म नेपालको राजधानी काठमाडौँ वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ ।
आईक्यू एयरका अनुसार काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४५ छ । पाकिस्तानको लाहोरको २०६ र भारतको नयाँदिल्लीको २०४ एक्युआई छ ।
एक्युआई २०० भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा मानिसहरुलाई घरबाट ननिस्किन विज्ञहरुले सुझाव दिने गरेका छन् ।
नेपालमा सबैभन्दा बढी ललितपुरको खुमलटारमा एक्युआई २४६ मापन गरिएको वातावरण विभागले जनाएको छ । त्यसैगरी काठमाडौँको रत्नपार्कको २०९, काठमाडौँकै किर्तिपुरको १९१, भक्तपुरको १८८, पुल्चोकको १६५ र बाँकेको नेपालगञ्जको १५९ एक्युआई मापन गरिएको छ ।
नेपालको वातावरण विभागले चैत २८ गते बिहान साढे ९ बजे गरेको मापन अनुसार खुमलटारको एक्युआई २५९, रत्नपार्कको २३२ र भक्तपुरको २१७ छ ।
एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अङ्कभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।
काठमाडौं उपत्यकासहित देशभर डढेलो लागेको, केही दिनयता पानी नपरेको र हावा पनि जोडले नचलेकाले वायु प्रदूषणको स्तर नसुध्रिएको वातावरण विज्ञ भुषण तुलाधरले इन्सेक अनलाइनलाई बताउनु भयो ।
'सरकारले तत्कालका लागि जोर र बिजोर मिलाएर सवारी सञ्चालन गर्न पहल गर्नु पर्छ । यसले पुरै नियन्त्रण त गर्दैन । राहत मिल्छ ।'-तुलाधरले भन्नु भयो ।
उहाँले उपत्यकामा चल्ने सवारी साधनलाई कम सञ्चालन गर्न सक्दा पनि केही मात्रामा वायुको गुणस्तर सुध्रन सक्ने बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा नागरिकता प्राप्त !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत ६ गते उपलब्ध गराएको ८…
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज !
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारभित्रै राष्ट्रिय परिचयपत्र दर्ता तथा निर्माण कक्ष तयार गरी कैदीबन्दीका लागि सहजता बनाएको हो । प्रमुख जिल्ला…
आगलागीले घरगोठ जलेपछि कुवँर परिवारको बिचल्ली ! (फोटो फिचर)
आगलागीले घरगोठ जलेपछि खुम बहादुर कुवँर परिवारको बिचल्ली भएको छ । पति खुम बहादुर कुवँरको मृत्यु भएको धेरै भएको छैन । ६ महिना नपुग्दै इस्मा गाउँपालिका–१, हस्तिचौरकी ५० वर्षीया कमला…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…