काठमाडौँका दुई ठाउँमा भेटिएका शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्कृय
काठमाडौँको प्रतिनिधि सभा निर्वाचन क्षेत्र न. ५ अन्तर्गत बुढानिलकण्ठमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
मङ्सिर २ गते बिहान साढे २ बजेतिर सशस्त्र प्रहरीको टोलीले बुढानिलकण्ठ नगरपालिका–७ स्थित स्पेसल चोकमा प्रेसरकुकर बम भेटेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय पारेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
यसैगरी काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँमा पनि बिहान ३ बजे भेटिएको शङ्कास्पद वस्तु पनि नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
हाँडीगाउँ स्थित भत्केकोपुल जाने बाटोमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले निष्कृय पारेको हो ।
दुवै घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको र घटनामा संलग्न आरोपितहरूको खोजि कार्य जारी रहेको एसपी मैनालीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…