काङ्ग्रेस-वाम गठबन्धन झडपमा झडपमा तीन जना घाइते
नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच मङ्सिर ६ गते राति चम्पादेवी गाउँपालिका-९ विलन्दुमा दोहोरो झडप भएको छ ।
झडपमा परी काङ्ग्रेसका दुई र एमालेका एक जना कार्यकर्ता जना कार्यकर्ता घाईते भएका छन् । जिल्लाको चम्पदेबी गाउपाँलिका ९ बिलन्दुमा मङ्सिर ६ गते राति झडप हुँदा नेपाली काङ्ग्रेसका कार्यकर्ता उत्तम कार्की र दुर्गा श्रेष्ठ घाइते भएका थिए ।
झडपमा परी घाइतेको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको छ । उनीहरूको टाउकोमा चोट लागे पनि अवस्था सामान्य भएको बताइएको छ ।
मङ्सिर ७ गते दिउँसो काङ्ग्रेस नेता तथा कार्यकर्ताहरूले वाम गठबन्धनका ४० वर्षीय काजी सार्कीलाई घरमै गएर आक्रमण गरेका थिए । उनी गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल लैजाँदै गरिएको गठबन्धनका नेता सुरेश थापाले बताए ।
वाम गठबन्धनले चम्पादेवी गाउँपालिकाका प्रमुख नवराज केसीको नेतृत्वमा आक्रमण गरेपछि प्रतिकार गरेको जनाएको छ । गठबनधनका नेता विनोद सुनुवारले गाउँपालिका प्रमुख नवराज केसी नै घरमा बसेका व्यक्तिलाई कुटपिट गरेको बताए ।
घाइते एमाले कार्यकर्ताको नाम पहिचान हुन बाँकी रहेको जनाइएको छ । काङ्ग्रेस कार्यकर्ताको टाउकोमा चोट लागेको र काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचार भइरहेका ओखलढुङ्गाका प्रहरी प्रमुख डिएसपी अर्जुन तिमल्सिनाले बताए । रातको समयमा अचानक दुई समूहबिच जम्काभेट हुदाँ झडप भएको हुन सक्ने प्रहरी प्रमुख तिमिल्सिनाको भनाई छ ।
नेपाली काङ्ग्रेसले ज्यान मार्ने उद्योगले आक्रमण गरेको आरोप लाएको छ । वाम गठबन्धनले भने पैसा बाँड्दै हिँडेका कार्यकर्तालाई भेटेपछि विवाद भएको जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र दोषीलाई कारबाहीको दायरामा ल्याउने डिएसपी तिमिल्सिनाले बताए ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…