काङ्ग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी प्रेसर कुकर बम विष्फोट

  ०७४ मङ्सिर २ गते

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का लागि नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार रामचन्द्र पौडेललाई लक्षित गरी अज्ञात समूहले मङ्सिर २ गते भानु नपा-१२ को नेपाल डाँडामा प्रेसर कुकर बम विष्फोट गराएको छ ।

Photo20171118Tanahu

नेपाली काङ्ग्रेसद्वारा लमजुङको सदरमुकाम बेशिसहरमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न जाँदै गरेका पौडेल सवार बा १३ प ३७४६ नम्बरको गाडीलाई लक्षित गरी डुम्रे-बेशिसहर सडक खण्डको नेपाल डाँडामा प्रेसरकुकर बम विष्फोट गराइएको हो ।

बम विष्फोटबाट नेता पौडेल सुरक्षित रहेको र उनी सवार गाडीको सिसा फुटेको पौडेलका सहयोगी चिरञ्जीवि अधिकारीले जानकारी दिए ।


प्रकाशचन्द्र भट्टराई