काङ्ग्रेस र राजपाका कार्यकर्ताबिच भएको झडपमा एकको मृत्यू
कटहरीया नपा-८ का ५० वर्षीय रामपुकार राय यादवको असोज ४ गते राति नेपाली काङ्गे्रसका कार्यकर्तासँग झडप हुँदा मृत्यू भएको छ ।
रौतहटको कटहरीया नगरपालिकमा भएको निर्वाचनको विषयमा नेपाली काङ्गे्रस र राजपाका कार्यकर्ताबिच राति वादविवाद हुँदा दुवै पक्षबिच झडप भएको थियो ।
झडपमा परी घाइते भएका यादवलाई उपचारका लागि कटहरीया स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा मृत्यू भएको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर केशव रेग्मीले बताए ।
झडपमा संलग्न भएको आरोपमा प्रहरीले कटहरीया नपा-८ का नेपाली काङ्ग्रेस कार्यकर्ता ३० वर्षीय अनुठा यादव, १८ वर्षीय भुटा राययादव र २२ वर्षीय बैजु साहलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए ।
मृतक यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । मृतक राजपाका कार्यकर्ता हुन् ।
विपिन गौतम
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…