काङ्ग्रेस र माओवादीबीच विवाद ः प्रहरीद्वारा ११ राउण्ड हवाई फायर
सोरु गाउँपालिका–३ भिई गाँउमा काँग्रेस र माओवादी कार्यकर्ताबीच निर्वाचनका विषयमा विवाद भई काँग्रेसका कार्यकर्ताले माओवादीबाट वडा अध्यक्ष उम्मेदवारको घर घेराऊ गरेपछि दुई समूह बीच झडप हुने अबस्था आएको भन्दै भिड नियन्त्रण गर्न ११ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
सोरु गाँउपालिका—३ मा वैशाख २८ गते राति ११ बजे काँग्रेसका कार्यकर्ताले सोही वडाको माओवादी पार्टीका उम्मेदवार मनकला रोकायाको घर घेराऊ गरी दुई समुह बीच झडप हुने अबस्था आएपछि भिड नियन्त्रण लिन गरु मावि मतदान केन्द्रमा खटिएका प्रहरीले ११ राउण्ड हवाईफायर गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी सुभाष हमालले दिएको जानकारी अनुसार माओवादीबाट वडा अध्यक्षका उम्मेदवार रोकायाको घरलाई काँग्रेस कार्यकर्ताले घेराऊ गरी दुई समूह बीच झडप हुने अबस्था आएपछि प्रहरीले भिडलाई नियन्त्रण गर्न ११ राउण्ड हवाई फायर गरेको हो ।
हवाई फायरपछि भिड तितरवितर भएपनि पुन दुई समूहबीच झडप हुने सम्भावना देखिएपछि सुरक्षाकालागि सोरु गाँउपालिका सोरुकोटबाट नेपाली सेना, जनपद र सशस्त्र प्रहरीको थप बल घटनास्थलमा पठाइएको डीएसपी हमालले जानकारी दिनु भएको छ ।
वैशाख २८ गते दिउँसोबाट दुई पक्षबीच भएको विवादले मतदान केन्द्रमा सर्वदलीय बैठकसम्म बस्न सकेको थिएन । राति ११ बजे दुईपक्षबीच भएको विवादले प्रहरीले हवाई फायर गरेपछि नियन्त्रणमा आएपछि २९ गते सर्बपक्षीय बैठक सम्पन्न भएको गुरु माविका मतदान अधिकृत यमबहादुर मल्लले बताउनु भयो ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…