काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, ६ जना घाइते
प्रदेश नं ४ अन्तर्गत नवलपुरको मध्यविन्दु नपा-१, बरुवामा मङ्सिर १२ गते राति एमाले र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच भएको झडपमा दुवै तर्फका तीन/तीन जना घाइते भएका छन् ।
नवलपुर क्षेत्र नं २ प्रतिनिधि सभाका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला अध्यक्ष तिलक महतले नेकपा एमालेका कार्यकर्ताहरू श्याम भुर्तेल, श्याम पौडेल र नारायण भुर्तेल घाइते भएका जानकारी दिए ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा प्रदेश सभाका उम्मेदवार विष्णु लामिछानेले नेपाली काङ्ग्रेसका मध्यविन्दु नगर सभापति दोमन भण्डारी, कार्यकर्ताहरू नुमाकान्त भण्डारी र अरुण भण्डारी घाइते भएका बताए ।
घाइतेमध्ये दोमन भण्डारीलाई टाउकोमा गहिरो चोट लागेकाले थप उपचारका लागि भरतपुर रिफर गरिएको छ भने अन्य घाइतेको उपचार स्थानीयस्तरमै गरी घर फर्किसकेका छन् ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…
इन्सेकको पहलमा अस्पतालमा रहेका बिरामीलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई स्वास्थ्य तथा सरसफाइका सामग्री सहयोग गरिएको छ । इन्सेकको पहलमा जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत ११ जना बिरामीलाई ०८१…