काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, दुई जना घाइते
खत्याड गाउँपालिका-४ ज्युकामा रहेको मतदान केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच भडप हुँदा दुई जना घाइते भएका छन ।
मतदान केन्द्रमा पार्टीको एजेण्ट बस्नका लागि काङ्ग्रेसले कसैको नाम सिफारिस नगरेको तथा दिउँसो फरक मतदान केन्द्रका काङ्ग्रेस कार्यकर्ता आएर विवाद गर्न थाले पछि झडप भएको एमालेको आरोप छ ।
झडपका क्रममा काङ्ग्रेस कार्यकर्ताले छुरी प्रहार गर्दा खत्याड गाउँपालिका-४ का २७ वर्षीय एमाले कार्यकर्ता तिर्थ बुढा र सोही वडाका आठ वर्षीय बालक चन्द्रबहादुर रोकाया घाइते भएका छन् ।
छुरी प्रहारबाट एमाले कार्यकर्ता बुढाको बाँया आँखाको माथिल्लो भागमा गहिरो चोट लागेको छ भने काङ्ग्रेस कार्यकताकै ढुङ्गा प्रहारबाट बालक रोकाया समेत घाइते भएका छन् ।
मतदान केन्द्र भित्र नभएर मतदान केन्द्र बाहिर दुवै दलका कार्यकर्ताबिच झडप भएको आफूलाई जानकारी आएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजिमान बुढाले जानकारी दिए ।
यसैबिच छायानाथ रारा नगरपालिका-१२ शोभामा रहेको मतदान केन्द्र आसपास दुई ओटा बम पडि्कएको छ भने वडा नम्बर १० झाकोटमा बिहान बम विष्फोट भएको छ ।
मतदानमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा मतदातालाई असर नपर्ने गरि सामान्य रूपमा तर्साउने खालका मात्र छिटफुट घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमकिरण बोगटीले बताए ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–१३ झरुवाराशी का २६ वर्षीय आशिष पुर्कुटीलाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको…
पहिरोले सडक बगाउँदा जनजीवन कष्टकर
भोजपुरको पाँचधारे-चखेवा सडक पहिरोले बगाएपछि सडक अवरूद्ध भएको छ । पाँचधारे-चखेवा सडक खण्डको रूमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ गाउँपालिका-९ रूमाथुम्की क्षेत्रको घुर्विसेमा क्षेत्रमा पहिरो…
झुटो सिफारिस दिएको आरोपमा जनप्रतिनिधि गिरफ्तार
मृतक व्यक्तिलाई जीवित र जीवित व्यक्तिलाई मृतक भनि सिफारिस दिएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका-७ का वडाध्यक्ष सूर्यनारायण यादवलाई भदौ २६ गते गिरफ्तार गरेको छ । देवानगञ्ज गाउँपालिका-७ को वडा कार्यालयमा…
मौसम परिवर्तनका कारण अस्पतालमा बिरामीको चाप बढ्दै ! (फोटो फिचर)
मौसम परिवर्तनका कारण नेपालगञ्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनका कारण डेङ्गीका साथै भाइरल ज्वरो, टाइफाइड, झाडापखाला वान्ता, बेहोस हुने लगायतका बिरामी बढ्न थालेका हुन् । भेरी…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका-४ का ३५ वर्षीय बब्लु यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ भदौ २६ गते उजुरी दिनुभएकाे छ । आरोपितले बालिकालाई ०८१…