काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप हुँदा एक बालिकाको मृत्यु
नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच असोज १४ गते राति बृन्दावन नगरपालिका-५ मा झडप हुँदा तीन वर्षीया अञ्जलीकुमारी यादवको मृत्यु भएको जनाइएको छ ।
बृन्दावन नगरपालिका-५ का नेपाली काङ्ग्रेस का कार्यकर्ता हुलास राययादव र एमालेका कार्यकर्ता कृष्ण चौधरीबिच खानेपानीको विषयमा विवाद भई झगडा हुँदा हुलास राययादवकी छोरी अञ्जलीकुमारीको मृत्यु भएको जनाइएको हो ।
बालिकाको मृत्युको विषयमा पीडित पक्षले एमाले कार्यकर्ता कृष्ण चौधरीलगायतले बालिकालाई हत्या गरेको आरोप लगाएको छ । चौधरी पक्षले भने आफूलाई फसाउन यादवले रिसको झोकमा छोरीलाइ भुँइमा पछारेको र घाइते भएकी अञ्जलीको मृत्यु भएको दावी गरेको छ ।
प्रहरीले नेपाली यादव र चौधरी दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर केशव रेग्मीले जानकारी दिएका छन् ।
चौधरीको घर नजिकै रहेको सार्वजनिक धारामा यादव पानी लिन गएपछि भएको विवादले पछि राजनीतिक रूप लिएको प्रहरीले जनाएको छ ।
विपिन गौतम
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…
जङ्गली च्याउ खाँदा १० जना बिरामी मध्ये एक जनाको मृत्यु
जिल्लाको व्यास नगरपालिका-३ मा जङ्गली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जङ्गली च्याउ टिपेर…