काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, एमाले गाउँ कमिटी सचिव घाइते
मोलुङ गाउँपालिका-७, पात्लेमा असार ८ गते बिहान एमाले र काङ्ग्रेस कार्यकर्ताबिच झडप भएको छ । झडपमा एमालेका गाउँ कमिटी सचिव टेकराज सुनुवार घाइते भएका छन् ।
काङ्ग्रेस उम्मेदवारले टाँसेको प्रचार सामग्री एमाले कार्यकर्ताले च्यातेको आरोपमा काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार गेली शेर्पाको टोलीले आक्रमण गरेपछि झडप भएको अनेरास्ववियुका केन्द्रिय सदस्य दिपक फुयालले बताए ।
फोन नलागेकाले घाइतेको अवस्था बुझ्न समस्या भएको छ भने प्रहरीलाई जानकारी गराइसके पनि प्रहरी चौकी टाढा भएकोले प्रहरी आइनपुगेको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका इन्स्पेक्टर टिका कार्कीले आफूले घटनाबारे थाहा पाउने बित्तिकै प्रहरीलाई घटनास्थलतर्फ पठाएको बताए । घटनास्थल टाढा भएकोले प्रहरी पुगिनसकेको र थप विवरण प्राप्त नभएको कार्कीको भनाइ छ ।
शिवप्रसाद ढुङगाना
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…