काङ्ग्रेस माओवादी झडप, १२ जनाभन्दा बढी घाइते
त्रिबेणी गाउँ पालिका-८ मा प्रचारमा रहेको नेपाली काङ्ग्रेसको टोलीमाथी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गर्दा पाँच जना गम्भीर घाइते भएको नेपाली काङ्ग्रेस रूकुमले जानकारी दिएको छ ।
घाइते हुनेमा त्रिवेणी गाउँपालिका-८ का वडा अध्यक्षका उम्मेदवार २५ वर्षीय दिनेश खड्का, सोही ठाउँका खिमबहादुर खड्का, कुलबहादुर खड्का, नरहरी घर्ती, विशाल सिंहलगायतका रहेको त्रिवेणी गाउँपालिकामा काङ्ग्रेसबाट अध्यक्ष पदका उम्मेदवार देवबहादुर ओलीले बताए ।
घाइतेहरूको जिल्ला अस्पताल सल्ले रूकुममा उपचार भइरहेको र वडा अध्यक्षका उम्मेदवार दिनेश खड्कालाई जिल्ला अस्पताल सल्ले रूकुमले थप उपचारको लागि नेपालगञ्ज रिफर गरेको छ । यस्तै त्रिवेणी गाउँपालिका-७ का २२ वर्षीय लक्ष्मण ओली र वडा नम्बर ८ का कमल ओली २४ गते बिहानसम्म सम्पर्कमा नआएको काङ्ग्रेसले जनाएको छ ।
साथै माओवादी कार्यकर्ताहरूले तीन ओटा मोटरसाइकल र एउटा गाडीसमेत ध्वस्त बनाइदिएको काङ्ग्रेसले जनाएको छ । आफूहरूले शान्तिपुर्ण तरीकाले चुनाव प्रचार गरिरहेको बेला एक्कासी आक्रमण भएको काङ्ग्रेसको आरोप रहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल शर्मा अनलले काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा चार जना कार्यकताहरू घाइते भएको बताए । त्रिवेणी गाउँपालिका-८ का बलबहादुर ओली, शेरबहादुर मल्ल, सुन्दर ओली, कमल पुन घाइते भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
गम्भीर घाइते भएका बलबहादुरलाई थप उपचारको लागि जिल्ला अस्पताल सल्ले रूकुममा भर्ना गरिएको माओवादीले जनाएको छ । मुसिकोट नगरपालिका-२ मा वैशाख २४ गते दिउँसो नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू मुसिकोट नपा-२ का ४० वर्षीय रमेश खड्का, २२ वर्षीय सुवास खड्का, २२ वर्षीय जीवन खड्का, ४० वर्षीय भोगबहादुर खड्का, २१ वर्षीय अनिल पुन मगर, र २२ वर्षीय डम्मर बिक रहेका छन् । उनीहरूको टाउकोमा गहिरो चोट लागेको छ । भोगबहादुर खड्का जिल्ला कृषि विकास कार्यालयका कर्मचारीसमेत हुन् । घाइते सबैको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको छ ।
आदर्श केसी
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…