काङ्ग्रेस प्रचार टोलीमाथि अज्ञात समूहबाट बम प्रहार
चुनावी प्रचार अभियानका लागि निसीखोला गाउँपालिकाको याङ्म्याङ् पुगेको काङ्ग्रेस प्रचार टोलीमाथि मङ्सिर ५ गते अपरान्ह अज्ञात समूहले बम प्रहार गरेको प्रहरीले जनाएको छ ।
याङ्म्याङ् गाउँमा चुनावी प्रचार सकेर गाउँको तलपट्टी रहेको कालझुण्डी भन्ने स्थानमा जङ्गलको बाटो हिँडिरहेको टोलीमाथि बम प्रहार गरिएको बमले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय बाग्लुङका एसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।
निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल सहितको चुनावी प्रचार टोली झिवाखोलातर्फ फर्कने क्रममा जङ्गल नजिकैबाट रूखमा फालिएको बम सडकदेखि तल झरेर पडि्कएको गाउँपालिकाका अध्यक्ष पौडेलले बताए ।
सो स्थानमा केही दिन अघि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा कर्मचारीलाई घेराहाली उनिहरूसँग भएको नमूना मतपत्र र पोस्टर खोसेर च्यातेका थिए ।
बम प्रहार कुन पक्षले गरेको भन्ने जानकारी आउन नसकेको तथा घटनामा संलग्न पक्षको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय बाग्लुङले जनाएको छ ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…