काङ्ग्रेस कार्यकर्ताद्वारा मतदान प्रतिनिधिमाथि नै कुटपिट
पैयूँ गाउँपालिका-७ को जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा वाम गठबन्धनको तर्फबाट मतदान प्रतिनिधिको रूपमा बसेका युवा सङ्घ नेपालका पैयूँ गाउँपालिका उपाध्यक्ष २५ वर्षीय सुदिप बस्याललाई नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा कुटपिट भएको पीडित पक्षले आरोप लगाएको छ ।
मतदान केन्द्रबाट खाना खानका लागि बाहिर निस्कन लागेका बस्याललाई मतदान केन्द्रको गेटबाटै लछारपछार पार्दै बाहिर निकालेर 'फर्जी मत हाल्न रोकेको' भन्दै नेपाली काङ्ग्रेसका कार्यकर्ताले कुटपिट गरेको सो मतदान केन्द्रका मतदान प्रतिनिधि बुद्धि सापकोटाले बताएका छन् ।
कुटपिटबाट गम्भीर घाइते भएका सापकोटालाई स्थानीय मर्दीखोलामा रहेको मेडिकल हलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लगिएको नेकपा एमाले पैयूँ गाउँपालिका-७ का वडा कमिटी अध्यक्ष बुद्धि सापकोटाले बताएका छन् । काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा परी सोही ठाउँका २२ वर्षीय अर्जुन राना पनि घाइते भएका छन् । रानाको अवस्था भने सामान्य रहेको नेकपा एमाले पैयूँ गाउँपालिकाले जनाएको छ ।
नेपाली काङ्ग्रेसले भने आफूहरूको पक्षबाट बस्यालमाथि आक्रमण भएको आरोपको अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर लिलाराज न्यौपानेले सो घटना निर्वाचनका क्रममा भएको र अनुसन्धान भइरहेको जानकारी दिए ।
किशोर सापकोटा
सम्बन्धित समाचारहरू
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…
बाल विवाह र बहु विवाहको कसुरमा कैद
हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई चैत १४ गते ८ महिना कैद सजाय भएको छ । जिल्ला…