काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा एमाले कार्यकर्ता घाइते
सिम्ता गाउँपालिका–६ रिसिडाँडामा वैशाख २७ गते राति करिब ११ बजे नेकपा एमाले र काङ्ग्रेसका कार्यकर्ताबीच भएको झडपमा सोही ठाउँ निवासी एमाले कार्यकर्ता ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्रबहादुर सुनार घाइते भएका छन् ।
घाइते दुबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज लगिएको छ ।
झडपलाई नियन्त्रण गर्न पुगेको प्रहरीको टोलीले सोही ठाउँ निवासी एमाले कार्यकर्ता ५० वर्षीय पूर्ण बहादुर शाही, उनकी पत्नी होमकुमारी शाही र स्थानीयबासी दिपा शाहीलाई कुटपिट गरेको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले आरोप लगाउनु भयो ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले काङ्ग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको थाहा पाई घटनास्थलमा सम्झाउन जादा प्रहरीसँगको धकलपकलबाट दुई जना स्थानीयबासी सामान्य घाइते भएको प्रतिकृया दिनु भयो ।
काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट आफ्ना कार्यकर्ता घाइते भएको केही समयमा आएको प्रहरीले एमालेका कार्यकर्ताको घरघरमा पुगी कुटपिट गरेको एमालेका जिल्ला सचिव तथा सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र केसीले आरोप लगाउनु भयो ।
डीएसपी सूर्य थापाको अगुवाईमा आएको टोलीले एमालेका कार्यकर्तालाई कुटपिट गरेको भन्दै एमालेले घटनामा संलग्न डीएसपी थापालाई तत्काल सरुवाको माग गरेको छ । डीएसपी थापाको सरुवा नभए निर्वाचन हुन नदिने एमाले जिल्ला सचिव कविन्द्र केसीले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसारका घटनाका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । छानविन समितिमा सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र अनुसन्धान इन्स्पेक्टर रहेको प्रजिअ रिजालले जानकारी दिनु भयो ।
पूर्णबहादुर खड्का
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…