काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते
बाग्लुङ नपा-१२ अमलाचौरमा काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट मङ्सिर १० गते एकजना एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
मतदान सकिएपछि नेपाली काङ्ग्रेसका स्थानीय कार्यकर्ता गोपाल पौडेल र श्याम नेपालीको नेतृत्वको टोलीबाट भएको आक्रमणबाट एमालेको स्थानीय कार्यकर्ता राजु शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
ढुङ्गा प्रहारले गर्दा शाहीको टाउकोमा गहिरो चोट लागेको छ । शाहीको धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा सामान्य उपचारपछि थप उपचार गर्न पोखराको मणिपाल अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
आक्रमणमा संलग्नलाई तत्काल गिरफ्तार गरी कारबाहीको दायरामा ल्याउन नेकपा एमालेसहितका वाम गठवन्धनले माग गरेको छन् । जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डिएसपी विश्वराजसिंह थापाले घटनाको अनुसन्धान गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउनका लागि तत्काल निर्देशन दिएको बताए ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…
बाल विवाह र बहु विवाहको कसुरमा कैद
हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई चैत १४ गते ८ महिना कैद सजाय भएको छ । जिल्ला…